१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

संकटमा परेकाहरुलाई सहयोग गर्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वान

संकटमा परेकाहरुलाई सहयोग गर्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वान
अ अ+ अ-

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लकडाउन गरिएको समयमा धेरै मानिसको विचल्ली भएको छ । संकटको यो अवस्थामा सरकारले मात्र सहयोग गरेर विचल्लीमा परेकाहरुले राहत पाउन सक्ने अवस्था देखिन छाडेको छ । अहिले धेरैलाई मानवीय सहायता आवश्यक छ । मानवहरुमा एउटा आइपरेको संकटको यो घडीमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वानले विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने क्रम बढाएको छ ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वानले फुड बैंक नै सञ्चालनमा ल्याएर लकडाउनको अवधिमा दैनिक श्रमका आधारमा रोजीरोटी गरी खाने समुदाय भोकभोकै वस्ने अवस्था सिर्जना भएपछि पीडितलाई राहत उपलब्ध गराउन थालेको हो ।

लायन्स फुड बैंकले हाल भइरहेको संकटको विषम परिस्थितिमा देशका विभिन्न स्थानमा रहेका आश्रयस्थलहरु, दैनिक ज्यालादारी गर्ने श्रमिकलगायत खाद्यान्न अभाव सिर्जना भएको स्थानहरुमा खाद्यान्न पु¥याउने गरेको छ । फुड बैंकमा विभिन्न क्लबले सहयोग गर्ने गरेका छन् । अहिलेसम्म ३५ लाख रुपैयाँ जम्मा पारेर देशका विभिन्न ४० ठाउँमा राहत वितरण गरिएको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वानका निवर्तमान गभर्नर अनन्तप्रसाद भेटवालले जानकारी दिनुभयो । कतिपय संघसंस्थालाई परिस्थिति र आवश्यकता हेरेर ३ महिनासम्म पुग्ने गरी खाद्यान्न वितरण गरिएको उहाँको भनाइ छ ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वानले फुड बैंकको मूल मर्मअनुसार देश र समाजमा कोही पनि एक छाक खाना नपाई भोको रहन नपरोस् भन्ने उद्देश्यलाई सार्थक बनाउन खाद्यान्न राहतका रुपमा वितरण गर्न थालेको हो ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वानले अब सडक मजदुर, विचल्लीमा परेकाहरुलाई ठाउँठाउँमा पुगेर १० किलो चामल, एक लिटर तेल, १ केजी नून, २ किलो दाल राहतस्वरुप वितरण गर्ने तयारी गरेको छ ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वान सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ । कोरोना भाइरसको जोखिम कम गर्न संस्थाले दुर्गम ठाउँका गाउँपालिकाहरु र स्वास्थ्य संस्थाहरुलाई औषधि र औषधिजन्य सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ ।