३१ श्रावण २०८३, आईतवार
,
Latest
देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्वलाई मध्यनजर गर्दै जनकपुरमा १२ सय बढी सुरक्षाकर्मी परिचालन



अ+ अ-

जनकपुरधाम । दशैँको समयमा हुनसक्ने सुरक्षा चुनौतिलाई मध्यनजर गरेर जनकपुरधाममा सुरक्षा मजबुत बनाइएको छ ।

दशैँमा हुने समयमा जनकपुरधाममा श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने र जनकपुरधाममा दशैँको समयमा सुरक्षा चुनौती थपिएको हो । जसकारण सुरक्षा मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ  । दशैँलाई सुरक्षित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले नगरको विभिन्न प्रवेशद्वारमा चेक प्वाइन्ट, गाउँ गाउँमा गस्ती टोलीका साथै सादा पोशाकमा समेत प्रहरी परिचालन गरेको छ । चाडवाडको समयमा सुरक्षाका लागि ८ सय ५ नेपाल प्रहरीका साथै ४ सय ५० सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले बताउनु भयो ।

जनकपुरधाममा चाडवाडको समयमा अन्य समयको तुलनमा भीडभाड हुने भएकाले जिल्ला प्रहरीले नगरका साथै धनुषाका गाउँ गाउँमा सुरक्षा गस्ती बढाएको छ । यसका साथै कुनै त्यस्तो अवाञ्छित क्रियाकलाप देखिएमा प्रहरीलाई जानकारी दिन प्रहरी उपरीक्षक रेग्मीले आग्रह गर्नुभयो । उहाँले शहरी क्षेत्रमा ५ मिनेट भित्र पुग्ने तथा ग्रामीण क्षेत्रमा १० मिनेट भित्र पुग्ने गरी तयारी गरिएको बताउनु भयो ।