३१ श्रावण २०८३, आईतवार
,
Latest
देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमबुद्ध स्केटबोर्ड पार्क बनाउने बालेनको सपना साकार हुँदै



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वर्षअघि निर्माण सुरु गरेको यमबुद्ध स्केटबोर्ड पार्कको काम आधा सकिएको छ ।

महानगरपालिका प्रमुख बालेन्द्र शाहले ३ वर्षको संघर्षपछि पार्कको सपना साकार बन्दै गएको बताएका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. ५ मा १३ रोपनी सरकारी जग्गामा पार्क निर्माण भइरहेको हो । २०८१ साउन २९ बाटै निर्माणका लागि प्रक्रिया सुरु गरिएको यो पार्कको काम अहिले आधा सकिएको छ ।

महानगरपालिकाले निर्माण गरिरहेको स्केटबोर्ड पार्कमा अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ एसिया, बालबालिकाको खेल मैदान, ओपन जिम, ट्वाइलेट ब्लक र भलिबल कोर्ट हुने छन् ।

महानगरप्रमुख शाहले आज यो स्केटबोर्ड पार्कका बारेमा जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्–

३ वर्षको संघर्षपछि यमबुद्ध Skateboard पार्कको सपना साकार हुँदैछ

मेयर बनेको सुरुदेखि नै हाम्रो पहिलो लक्ष्य काठमाडौंलाई सबैको लागि सहर बनाउनु थियो। सम्पदा जोगाउने कामसँगै युवाहरूको चाहना अनुसारको शहर बनाउने योजनामा हामीले यमबुद्ध स्केटबोर्ड पार्क सुरु गरेका थियौँ। सुरुमै बजेट छुट्याइएको थियो काठमाडौ महानगर वार्ड १६ मा बन्ने कुरा लगभग तय भैसकेको थियो तर तत्कालीन वडा अध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधन पछि त्यो ठाउँमा बनाउन जग्गा प्राप्त गर्न सकेनौ ,त्यस पछि अर्को २ वडामा कोसिस गर्यौ । नेपाल सरकारले जग्गा दिन नसकेका कारण तीन पटकसम्म प्रयास गर्दा पनि बनाउन सकिएन।

तर काठमाडौं–५ का वडा अध्यक्षज्यू बिरेन्द्र प्रजापति र स्थानीय साथीहरूको अथक प्रयासमा १३ रोपनी सरकारी जग्गा संरक्षण गर्नु भएको रहेछ सोही जग्गामा उहाहरुको अग्रसरतामा सोही अन्तत: २०८१र २र२९ गते देखि काम अघि बढ्न थाल्यो। अहिले यो पार्कको निर्माण फेजमा छ, करिब आधा काम पूरा भइसकेको छ।

यो पार्क केवल खेल्ने ठाउँ मात्र होइन, युवाहरूको संस्कृतिलाई अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा निर्माण भइरहेको छ। अहिले निर्माण करिब ५०५ पूरा भइसकेको छ।

प्रमुख संरचनाहरू

  • अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ्ग एरिया (र्याम्प्स, बोल्स र स्ट्रिट्स सहित)
  • बालबालिकाको खेलमैदान
  • ओपन जिम
  • ट्वाइलेट ब्लक
  • भलिबल कोर्ट