२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–नारायणगढ सडकको पहिरो पन्छाउन अझै समय लाग्ने, नौबिसे–मुग्लिन खण्डको भने हटाइयो



अ+ अ-

काठमाडौं । मुग्लिन–नारायणगढ खण्डको तुइन खोलानजिक झरेको पहिरो पन्छाउन अझै दुई दिन लाग्ने भएको छ ।

आज पनि बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको छ । हिजो साँझ पानी परेकाले पहिरो पन्छाउने काम रोकिएको थियो । आज फेरि बिहानैबाट पन्छाउन थालिएको हो ।

सबै पहिरो हटाएर बाटो खुलाउन कम्तिमा दुई दिन लाग्न सक्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यता पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन सडकखण्डमा खसेका सबै पहिरो पन्छाइएको छ । तर, राति खसेको पहिरोले सडकमै रोकिएका सवारी साधनहरुको अत्यधिक चाप छ । त्यसैले सवारी साधनहरुको लामो लाइन छ ।

गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि राजधानी काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प भएको थियो । तर डोजरहरु प्रयोग गरेर राति नै पहिरो हटाइ सकिएको हो ।

दशैं सुरु भइसकेपछि देशका विभिन्न स्थानमा गएको पहिरोले यात्रुलाई सास्ती भएको छ । दशैं मनाउने हिँडेकाहरु बीच बाटोमै अलपत्र परेका छन् ।