२१ मंसिर २०८२, आईतवार
,
Latest
मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु होः मन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुइनखोला पुल नजिकै ठुलो पहाड खस्यो, सडक अनिश्चितकालका लागि बन्द



अ+ अ-

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्ड अनिश्चितकालका लागि बन्द भएको छ । मुग्लिन–नारायणगढ सडक अन्तर्गत तुइन खोला पुल नजिकै ठुलो पहाड खसेपछि सडक अवरुद्ध भएको हो ।

सडक विभागका झन्डै आधा दर्जन डोजरले यसअघि झरेको पहिरोको थुप्रो पन्छाइरहेका बेला पहाडै खसेर सडक अवरुद्ध बन्न पुगेको हो । यसअघिभन्दा विशाल पहिरो खसेपछि नारायणगढ(मुग्लिन सडक अनिश्चितकाललाई बन्द भएको स्थलगत रिपोर्टिङमा रहेका पत्रकार विनोद श्रेष्ठले बताए ।

एक सातादेखि उक्त स्थानमा लगातार पहिरो झरिरहेको थियो । तर सडक विभागले निरन्तर पन्छाएर घरी एकतर्फी, घरी दुईतर्फी यातायात खुलाएको थियो ।

उक्त पहिरो तत्काल पन्छाउन असम्भव भएपछि अनिश्चितकाललाई यातायात बन्द भएको हो । सडक अवरुद्ध भएपछि अहिले दशैँमा घर हिँडेका हजारौँ यात्रुहरू अलपत्र परेका छन् ।

सडक डिभिजन कार्यालयले सडक बन्द भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।