२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या आरोपमा एक युवक पक्राउ



अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनको प्रदर्शनका क्रममा प्रहरी हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्याप्छाकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ । उनले आन्दोलनको दिन महाराजगञ्ज वृत्तका प्रहरीलाई कुटपिट गरिरहेको भिडियो सार्वजनिक भएको थियो ।

उक्त भिडियोको आधारमा प्रहरीले क्याप्छाकीलाई पक्राउ गरेको हो । उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइने भएको प्रहरीले जनाएको छ ।

जेनजीको २४ भदौको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या गरिएको थियो ।

सिन्धुली घर भएका राय र दार्चुला घर भएका थापा आन्दोलनकारीको आक्रमणमा परेका थिए । जवान थापालाई ‘तँ डीएसपी’ भन्दै भीडले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, आन्दोलनकै क्रममा प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत कास्की घर भएका सहायक हवल्दार अमृत गुरुङको पनि ज्यान गएको थियो ।

प्रहरीले यसलाई अत्यन्त गम्भीर अपराधको रूपमा लिएर अनुसन्धान तीव्र पारिएको जनाएको छ ।