२१ श्रावण २०८३, बिहीबार
,
Latest
बाँकेमा थपिए तीन हजार ७७६ मतदाता मन्त्रीको बादीको स्पष्टिकरणः महिलामाथि हुने यौनजन्य दुर्व्यवहार, असुरक्षा, अत्यधिक भिडभाड कम गर्न ‘ब्लु बस’ सेवा पुँजीगत खर्च बढाउन मन्त्रालयहरूलाई नै रकमान्तरको अधिकार, कार्यप्रणालीमा व्यापक सुधार गरिँदै देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणाली प्रभावकारी बनाइने लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु ग्रामीण विकासको प्रयोगशाला जिरी : इतिहास जोगाउने कि अवसर गुमाउने? गृहमन्त्रीकै प्रतिप्रश्न : तपाईंहरू सत्तामा हुँदा निर्मला पन्तका हत्यारा किन नसमातेको ? तीन अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई कानून समितिले दिएको निर्देशनप्रति काँग्रेसको आपत्ति विश्व आदिवासी दिवसको तयारी पूरा, भृकुटीमण्डपदेखि टुँडिखेलसम्म सांस्कृतिक र्‍याली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार—२०८२ कँडेललाई



अ+ अ-

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार—२०८२ बाट विशिष्ट कवि प्रा. घनश्याम कँडेललाई सम्मान गरिएको छ ।

मस्र्याङदी वाङ्मय प्रतिष्ठानले मंगलवार राष्ट्रकवि स्व.घिमिरेको घरमा आयोजित पुरस्कार समर्पण समारोहमा उहाँलाई सम्मान गरिएको हो । समारोहका प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठी र राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली घिमिरेले संयुक्त रुपमा विशिष्ट कवि कँडेललाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

उक्त पुरस्कार नगद एक लाख रुपैयाँ राशीको रहेको छ । धादिङको रिचाकोटार जन्मिनुभएका कवि कँडेलले छन्दोवद्ध कविता, काव्य तथा महाकाव्यका माध्यमबाट नेपाली साहित्यमा योगदान पु¥याउनुभएको छ । उहाँका कविता, काव्यमा प्रकृति, संस्कृति, प्रगति, राष्ट्रियता, मानवता, प्रेम र करुणभाव प्रवाहित भएको पाईन्छ । प्रतिष्ठानले कवि कँडेलको नेपाली छन्द कविता साधनाको सम्मान गर्दै यसवर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कारले सम्मान गरेको जनाएको छ ।

राष्ट्रकवि घिमिरेका परिवारका सदस्य राजिव घिमिरेले पुरस्कार विगतमा राष्ट्रपति भवन शितल निवासमा वितरण गर्ने गरिएको स्मरण गर्नुहुँदै यसवर्ष विशेष परिस्थितिका कारण घरमा नै गरिएको जानकारी दिनुभयो ।