५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

सुरक्षाको ग्यारेन्टी बिना नेपालमा लगानी सम्भव छैनः निजी क्षेत्र

सुरक्षाको ग्यारेन्टी बिना नेपालमा लगानी सम्भव छैनः निजी क्षेत्र
अ+ अ-

काठमाडौँ । देशको अर्थतन्त्रलाई अघि बढाउने मुख्य आधार रहेको निजी क्षेत्रमाथि भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा सबैभन्दा ठूलो प्रहार भएको भयो ।

जेन जी आन्दोलनको प्रमुख तारोमा परेको निजी क्षेत्रले करिव ८० अर्व रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको छ । आन्दोलनका क्रममा ठूला उद्योगधन्दा, व्यापारिक संरचना र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण भएपछि निजी क्षेत्रले लगानीकर्ताको मनोबल गिरेको र सुरक्षाको ग्यारेन्टी बिना नेपालमा लगानीको वातावरण नबन्ने सरकारलाई चेतावनी दिएको छ । सरकारले प्रमुख चुनौती शान्ति र सुरक्षाको सुनिश्चितता भएको निजी क्षेत्रका उद्योगी व्यवसायीको भनाई छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा सहभागी पर्यटन, उद्योग, अटोमोबाइल र बीमा क्षेत्रका प्रतिनिधिहरूले एक स्वरमा सुरक्षाको ग्यारेन्टी बिना कुनैपनि क्षेत्र माथि उठ्न नसक्ने धाराणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आन्दोलनले व्यवसायीको सुरक्षामा ठूलो प्रश्न चिन्ह खडा गरेको बताउनु भयो । जेन जी आन्दोलनले लगानीकर्तालाई निरुत्साहित बनाएको उहाँको भनाई छ । सरकारले लगानीकर्ता र व्यवसायको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने बताउनु भयो । सार्वजनिक र निजी क्षेत्रको ठूलो संरचना क्षति हुँदा अर्थतन्त्रमै ठूलो धक्का पुगेको उहाँको भनाई छ ।

उपाध्यक्ष ढकालले भन्नुभयो, ‘जेन जी आन्दोलनले लगानीकर्तालाई निरुत्साहित गर्ने काम गरेको छ, आन्दोलनपछि हामीले सरकारसँग पनि संवाद गरेका छौं । सरकारले प्रोत्साहन गर्ने प्रतिवद्धता गरेको छ । अहिले हामी खरानी टक्टक्याएर अगाडि त बढौँला तर फेरि यस्तै विध्वंश नहोला भन्ने के ग्यारेन्टी छ । फेरि यस्तै विध्वंश भयो भने के गर्ने ? सरकारले हामीलाई सुरक्षाको ग्यारेन्टी गर्न सक्नुपर्छ ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले लगानीकर्ताका लागि सबैभन्दा महत्वपूर्ण कुरा सुरक्षाको प्रत्याभुति भएको बताउनु भयो । आन्दोलनका कारण जिडिपीमा कम्तीमा ५ प्रतिशत नोक्शान भएको उहाँको भनाई छ । निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेकोले बताउनु भयो ।

‘उद्योगहरुमा कुल जीडीपीको ५ प्रतिशत असर पुुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

उहाँले केही समयअघि ज्वाइन्ट भेन्चरको लगानी आउन लागेको भएपनि जेन जी आन्दोलनले रोकिएको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, ‘सरकारले व्यवसायीलाई सुरक्षित गर्ने विश्वास दिलाउन सके मात्र लगानी आउँछ, नत्र पुँजी पलायन बढेर जानेछ ।’

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले उद्योगी व्यवसायीले आर्जन गरेको सम्पतीमाथि आक्रमण हुनु सरकारको कमजोर सुरक्षा व्यवस्थाको नतिजा भएको बताउनु भयो । व्यवसायीले कर तिरेर कमाएको सम्पत्ति असुरक्षित देखिनु राष्ट्रकै लागि खतरनाक रहेको उहाँको भनाई छ ।
‘उपेन्द्र महतोको घरमा तोडफोड गर्ने आन्दोलनकारीले यत्रो सम्पती कहाँबाट आयो ? भनेर तोडफोड गरे । व्यवसायीले सरकारलाई कर तिरेर कमाएको सम्पतीमा यसरी नकारात्मक टिप्पणीले नेपालमा व्यवसायी सुरक्षित छैन भन्ने देखाउँछ’, उहाँले भन्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले जेन जी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताउनु भयो । आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको उहाँको भनाई छ ।  उहाँले भन्नुभयो, ‘देशमा शान्ति व्यवस्था छ । डराउनु पर्दैन भनेर सरकारले भन्न सक्नुपर्छ ।’

पछिल्लो समय पर्यटन क्षेत्रमा निकै ह्रास आएको उल्लेख गर्दै उहाँले सरकारले तत्कालै नेपाल सुरक्षित रहेको प्रत्याभुति विश्वव्यापी रुपमा दिलाउनुपर्ने बताउनु भयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले जेन जी आन्दोलन निजी क्षेत्र लक्षित भएको बताउनु भयो । आन्दोलनका कारण शिथिल बनेको पर्यटन क्षेत्रको रिकभरीका लागि सबैभन्दा पहिला पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष पाण्डेले भन्नुभयो, ‘करप्सनका विरुद्धमा भएको जेनजी आन्दोलनमा निजी क्षेत्रको नेक्सस कति छ ? समाजले यो माग गरिरहेको छ । हाम्रो ठाउँबाट पनि सच्चिनु जरुरी छ ।’  राज्यका संयन्त्रमा जवाफदेहीता, उत्तरदायित्व नभएकै कारण समस्या आइरहेको उहाँको भनाई छ । उहाँले राज्य जवाफदेही नहुँदासम्म सुधार हुन नसक्ने दाबी गर्नुभयो ।

बीमक संघका निःवर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरकारी सम्पतीको बीमा गर्नुपर्नेमा जोड दिनुभयो । नेपालमा धेरै पटक नसोचेका घटनाहरु भएको उल्लेख गर्दै उहाँले सरकारी सम्पत्तिको सुरक्षाका लागी बीमा अनिवार्य भएको बताउनु भयो ।

क्षेत्रीले भन्नुभयो–‘नेपालमा धेरै पटक नसोचेका घटनाहरू हुने गरेका छन् । जसको कारण सरकारी सम्पतीको पनि ठूलो क्षति हुने गरेको छ । भूकम्पको बेला सरकारी क्षतिको पनि बीमा भएको थिएन । अहिले भएको सरकारी सम्पतीको पनि क्षतिको पनि बीमा गरिएको छैन । सरकारी सम्पदा तथा सम्पतीको पनि बीमा गर्न आवश्यक छ ।’

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन एवं अर्थमन्त्री रामेश्वरप्रसाद खनाल मङ्गलबार सिंहदरबारस्थित सङ्घीय मामिला मन्त्रालयमा पदभार ग्रहण गर्दै । तस्बिरः गोपाल दाहाल/रासस