२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदाधिकारी तहका नेताहरूसँग छलफलमा ओली, तत्काल पार्टी कमिटीको बैठक नबोलाउने



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी कमिटीको बैठक नबोलाउने भएका छन् । हाल ओलीले पदाधिकारी तहका नेताहरूसँग वान टु वान छलफललाई प्राथमिकता दिएका हुन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याललगायत नेतासँग छलफल गरिसकेका छन् ।

गौतमले भने, “अध्यक्षले अहिले वान टु वान छलफल गरिरहनुभएको छ । सबैको एकमत भएपछि सचिवालय बैठक बसेर पार्टीले आफ्नो धारणा सार्वजनिक गर्छ ।”

पार्टी कमिटीको बैठक दसैँअघि वा पछि हुने भन्नेबारे अझै निश्चित नभएको पनि गौतमले स्पष्ट पारे ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थिति फेरिएको छ । सो आन्दोलनपछि गैरदलीय सरकार गठन, प्रतिनिधि सभा विघटन र फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ ।

संसद् विघटनलाई प्रमुख दलहरूले गैरसंवैधानिक भन्दै आलोचना गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनपछिको नयाँ अवस्थाबारे छलफल गर्न आधिकारिक बैठक बोलाइसकेका छन् भने एमालेले भने अहिलेसम्म औपचारिक बैठक डाक्न सकेको छैन ।

आन्दोलनका क्रममा अध्यक्ष ओलीको बालकोटस्थित निजी निवासमा आगजनी भएपछि उनी भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि करिब एक सातासम्म उनी नेपाली सेनाको सुरक्षा घेरामा समेत बसेका थिए ।

आन्दोलनपछिको परिस्थितिमा एमालेभित्र पनि पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनबारे चर्को बहस भइरहेको छ । तर, अध्यक्ष ओली भने सो बहसलाई स्वीकार गर्ने पक्षमा नरहेको बताइन्छ । यस कारण ओलीले नेताहरूसँग पहिला वान टु वान छलफल गरिरहेको पार्टीभित्र बुझिएको छ ।