१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कटरीना कैफ आमा बन्दै



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री कटरीना कैफले मंगलबार आफ्नो गर्भावस्थाको घोषणा गरेकी छन् ।

उनले इन्स्टाग्राममार्फत एक पोस्ट शेयर गर्दै यो औपचारिक जानकारी दिएकी हुन् ।

कटरीना र अभिनेता विक्की कौशलको विवाह २०२१ मा भएको थियो । यो विवाहमा केवल नजिकका आफन्तहरू मात्र सहभागी भएका थिए । यो जोडीले प्रायः इन्स्टाग्राममा आफ्ना तस्वीरहरू शेयर गर्ने गर्छन् ।

कामको प्रसङ्गमा कुरा गर्दा, विक्कीलाई पछिल्लो पटक फिल्म ‘छावा’मा देखिएको थियो । त्यस्तै, कटरीनालाई भने अन्तिम पटक विजय सेतुपतिसँग फिल्म ‘मेरी क्रिसमस’मा देखिएको थियो ।