२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१७ साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा भारतसँग खेल्ने



अ+ अ-

काठमाडौँ। नेपालले यू–१७ साफ च्याम्पियनसिपको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्ने भएको छ।

भारतले सोमबार कोलम्बोको रेस कोर्स मैदानमा पाकिस्तानलाई ३–२ ले हराउँदै समूह ‘बी’ को विजेता बनेपछि यस्तो समीकरण बनेको हो। भारतका लागि रहान अहमदले निर्णायक गोल गरेका थिए।

नेपाल भने समूह ‘ए’ को उपविजेता हो। उसले पहिलो खेलमा श्रीलंकालाई २–० ले हराएको थियो तर दोस्रो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो।

अब बिहीबार हुने सेमिफाइनलमा नेपालले भारतसँग भिड्नेछ। सोही दिन अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता बंगलादेशले समूह ‘बी’ को उपविजेता पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।