१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

रुघाखोकी लागेमा वा कोरोनाको शंका लागेमा के गर्ने ? – डा. रवीन्द्र पाण्डे

रुघाखोकी लागेमा वा कोरोनाको शंका लागेमा के गर्ने ? – डा. रवीन्द्र पाण्डे
अ अ+ अ-

विश्वका २१० देशमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले अरबौं मान्छेलाई त्राहिमाम बनाएको छ । कसैलाई ज्वरो आयो, खोकी लाग्यो वा घांटी दुख्यो भने पनि कोरोना लाग्यो कि भनेर आम नागरिक डराएको स्थिति छ । एकातर्फ लकडाउनको कारण अस्पताल जान गाह्रो छ भने अर्कोतर्फ अधिकांश निजि स्वास्थ्य संस्था बन्दप्राय छन् । सबैको आम्दानी घटेको छ । तसर्थ यस्तो अवस्थामा आफु सजग भएर आफ्नो उपचार आफै गर्नु राम्रो बिकल्प हो ।

केहि घरेलु बिधिहरु छन् जसले हामीलाई रुघाखोकी तथा कोरोना संक्रमणबाट पनि फाइदा गर्छन । जसरी घर बालबालिकाको पहिलो पाठशाला हो भने हाम्रो घर बिरामीको लागि पहिलो अस्पताल हो । रुघाखोकी लागेमा तथा ‘ शंका कोरोना ‘ लागेमा तलका उपायहरुले इम्युनिटी पावर वृद्धि गर्नेछन् ।

  • घरभित्र आराम गर्ने । यसले रुघाखोकी निको गराउनुको साथै शरीरमा कमजोरी हुन पाउंदैन । आराम गर्ने कोठामा हावाको ओहोरदोहोर राम्रो हुनुपर्दछ । स्वाश्प्रश्वासको अभ्यास तथा प्राणायामले शरीरका अंगअंगमा प्रचुर अक्सिजन पुर्याउँछ ।
  • तातोपानीले नुहाउँदा शरीरमा स्फुर्ति, ताजगी तथा बाहिरी शरीरमा रहेका किटाणुको डर हुँदैन ।
  • भिटामिन सि को नियमित सेवनले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
  • गुलियो, चिल्लो तथा चिसो पेय सेवन नगर्ने । हरियो सागसब्जी तथा अमिलो फलफुल सेवन गर्ने । मनतातो पानी, सुप, दाल तथा गेडागुडीका रस प्रशस्त खाने ।
  • सकभर एन्टिबायोटिक नखाने । रुघाखोकी भाइरसबाट हुने हो । एन्टिबायोटिकले ब्याक्टेरिया मार्ने हो । द्वितीय संक्रमण नभएसम्म एन्टिबायोटिक खाँदा बेफाइदा गर्छ । लसुन, प्याज, अदुवा, बेसार तथा कागती पानी धेरै लाभदायक हुन्छ ।
  • हात, खुट्टा, घांटी तथा कानमा न्यानो कपडाले छोप्ने । हातखुट्टामा तापक्रम घटेमा नाक वरिपरी रक्तसंचार घट्छ । चिसो तथा रक्तसंचार कम भएको ठाउँ भाइरसको लागि उपयुक्त ठाउँ हो ।
  • नियमित घाम ताप्नाले इम्युनिटी पावर बढाउँछ । भिटामिन डी प्राप्त हुन्छ । न्यानोले रुघाखोकी निको हुन्छ, जिउ दुखेको सन्चो हुन्छ अनि किटाणु मार्न सहयोग गर्दछ ।
  • ज्वरो आफैमा रोग हैन । तसर्थ ज्वरो घटाउन गम्भीर बन्नुपर्दैन । हाम्रो शरीरले संक्रमणसंग लड्दा ज्वरो आउने हो । ज्वरोले जाडो भएको बेला आफुलाई न्यानो गराउनु पर्दछ । ज्वरो बढेर पसिना आएपछि तापक्रम घट्न थाल्छ । ज्वरो १०१ डिग्री से को आसपास पुग्यो भने पारासिटामोल खानुपर्दछ । १०० डिग्री से भन्दा कम तापक्रममा औषधि खानु हुँदैन ।
  • रुघा लागेर नाक बन्द भएमा तातो पानी, चिया, पुदिना, अदुवा तथा बेसार, लसुन र प्याजको सुपले फाइदा हुन्छ । हल्का तातोपानीको बाफ लिंदा पनि फाइदा हुन्छ । न्याजल ड्रप वा नुन पानीको थोपा राखेर नाक खुलाउन सकिन्छ ।
  • घांटी बसेमा मनतातो नुनपानीले कुल्ला गर्ने तथा भ्वाइस रेस्ट ९ नबोल्ने ० गर्दा छिटो निको हुन्छ ।
  • खोकी लागेमा मनतातो चियामा पुदिना वा अदुवा राखेर पिउने । हट लेमनमा मह मिसाएर पिउने । छाती न्यानो राख्ने गर्नुपर्दछ ।
  • प्रोबायोटिकको सेवनले शरीरमा लाभदायक ब्याक्टेरिया वृद्धि गर्दछ ।
  • मानसिक तनाब नलिने तथा आनन्द आउने गतिबिधि जस्तै गीत सुन्ने, उत्साह जगाउने स्पिच सुन्ने, आत्मबल बढाउने लेख पढ्ने गर्दा आत्मबल बढ्छ, इम्युनिटी पावर पनि बढ्छ ।
  • ज्वरो धेरै बढेमा, घांटी दुखेमा, निल्न गाह्रो भएमा, घांटी अररो भएमा, कान दुखेमा, स्वर बसेमा, घ्यारघ्यार भएमा, खकार पहेंलो वा रक्तमिश्रित भएमा, खोकी बढेमा तथा गाह्रो भएमा स्वास्थ्य संस्थामा गएर परिक्षण गर्नुपर्दछ ।
  • रुघाखोकी लाग्दा अरुलाई नसरोस् भनेर खोक्दा, छ्युं गर्दा तथा कुराकानी गर्दा व्यक्तिगत दुरी कायम गर्नुपर्छ ।
  • निको भएपनि केहि दिन पछिसम्म आराम गर्नुपर्छ ।
  • धुम्रपान तथा मध्यपान पटक्कै गर्नुहुँदैन ।
  • प्रशस्त फलफुल तथा सागसब्जी खानाले आबश्यक पोषण प्राप्त हुन्छ ।
  • नियमित हात धुने बानीले कोरोना संक्रमण, रुघाखोकी तथा अन्य सरुवा रोग सर्नबाट बचाउँछ ।
  • नियमित ब्यायाम, योग तथा ध्यान गर्नाले शारीरिक तथा मानसिक अवस्था शक्तिशाली हुन्छ ।
  • बेसार, अदुवा, लसुन, कागती, मह, घ्यु, गुर्जो, तुलसी, अमलाको नियमित प्रयोग गर्नाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।
  • बिरामी भएर अस्पतालमा बस्नुभन्दा पोषिलो खाना, आराम, व्यायाम, घरेलु उपचार, योग, ध्यान, सरसफाई तथा सक्रिय जीवन बिताएर आफुलाई ठिक गर्नु सबैभन्दा राम्रो उपाय हो । यसको अर्थ हामी प्रकृतितर्फ फर्किनुको बिकल्प छैन । (डा. रवीन्द्र पाण्डेको फेसबुकबाट)