एजेन्सी । विशाल भारद्वाजको फिल्म ‘मकबूल’ भारतीय सिनेमाका क्लासिक फिल्महरूमा गणना हुन्छ ।
शेक्सपियरको नाटक ‘म्याकबेथ’मा आधारित यो फिल्म इरफान खानको करियरको टर्निङ प्वाइन्ट मात्र साबित भएन, ओम पुरी, नसीरुद्दिन शाह, तब्बु, पंकज कपूर र पीयूष मिश्राजस्ता दिग्गज कलाकारहरूको दमदार अभिनयका कारण पनि सम्झना गरिन्छ । यस फिल्ममा दीपक डोबरियालले पनि काम गरेका थिए ।
हालै स्क्रिनसँगको कुराकानीमा दीपक डोबरियालले फिल्म ‘मकबूल’को सेटमा बिताएका क्षणहरू बाँडे । उनले एउटा किस्सा सुनाउँदै बताए कि किन इरफान खानले नसीरुद्दिन शाह र ओम पुरीलाई गाली दिएका थिए ।
दीपकका अनुसार, जब पीयूष मिश्राको पात्रको मृत्यु भएको दृश्यको सुटिङ भइरहेको थियो, त्यो सीनमा ओम पुरीले ‘हवेली’ भन्ने शब्द बोल्नु पर्ने थियो । तर उनको उच्चारण सुनेर सबै हाँसे । निर्देशक विशाल भारद्वाजले मजाकमा भने, “यसमा त पंजाबी टच आएको छ ।” त्यसपछि ओम पुरी र नसीरुद्दिन शाहले जानी–जानी त्यही शब्द अझ मजाकीय शैलीमा भन्न थाले ।
दीपकले भने, बारम्बार हाँसो र रिटेकको कारण सुटिङ रोकियो । इरफान, जो भावुक दृश्यको तयारीमा गहिराइसम्म डुबेका थिए, अचानक रिस उठेर ओम पुरी र नसीरुद्दिन शाहलाई गाली दिए । अनि तुरुन्तै माफी माग्दै भने, “मलाई लाग्यो गाली दिएर एक्टिङ हुन्छ ।” त्यो घटनापछि पूरै सेट एकाएक गम्भीर बन्यो र अन्तत: दृश्य सफलतापूर्वक सुट भयो । दीपक डोबरियालले भने, “त्यो क्षणपछि कसैले मजाक गर्ने हिम्मत गरेन ।”










