१० श्रावण २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरफान खानले नसिरुद्दीन शाह र ओम पुरीलाई जब गाली गरे…



अ+ अ-

एजेन्सी । विशाल भारद्वाजको फिल्म ‘मकबूल’ भारतीय सिनेमाका क्लासिक फिल्महरूमा गणना हुन्छ ।

शेक्सपियरको नाटक ‘म्याकबेथ’मा आधारित यो फिल्म इरफान खानको करियरको टर्निङ प्वाइन्ट मात्र साबित भएन, ओम पुरी, नसीरुद्दिन शाह, तब्बु, पंकज कपूर र पीयूष मिश्राजस्ता दिग्गज कलाकारहरूको दमदार अभिनयका कारण पनि सम्झना गरिन्छ । यस फिल्ममा दीपक डोबरियालले पनि काम गरेका थिए ।

हालै स्क्रिनसँगको कुराकानीमा दीपक डोबरियालले फिल्म ‘मकबूल’को सेटमा बिताएका क्षणहरू बाँडे । उनले एउटा किस्सा सुनाउँदै बताए कि किन इरफान खानले नसीरुद्दिन शाह र ओम पुरीलाई गाली दिएका थिए ।

दीपकका अनुसार, जब पीयूष मिश्राको पात्रको मृत्यु भएको दृश्यको सुटिङ भइरहेको थियो, त्यो सीनमा ओम पुरीले ‘हवेली’ भन्ने शब्द बोल्नु पर्ने थियो । तर उनको उच्चारण सुनेर सबै हाँसे । निर्देशक विशाल भारद्वाजले मजाकमा भने, “यसमा त पंजाबी टच आएको छ ।” त्यसपछि ओम पुरी र नसीरुद्दिन शाहले जानी–जानी त्यही शब्द अझ मजाकीय शैलीमा भन्न थाले ।

दीपकले भने, बारम्बार हाँसो र रिटेकको कारण सुटिङ रोकियो । इरफान, जो भावुक दृश्यको तयारीमा गहिराइसम्म डुबेका थिए, अचानक रिस उठेर ओम पुरी र नसीरुद्दिन शाहलाई गाली दिए । अनि तुरुन्तै माफी माग्दै भने, “मलाई लाग्यो गाली दिएर एक्टिङ हुन्छ ।” त्यो घटनापछि पूरै सेट एकाएक गम्भीर बन्यो र अन्तत: दृश्य सफलतापूर्वक सुट भयो । दीपक डोबरियालले भने, “त्यो क्षणपछि कसैले मजाक गर्ने हिम्मत गरेन ।”