१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

डा. संगीतालाई स्वास्थ्यको जिम्मा

डा. संगीतालाई  स्वास्थ्यको जिम्मा
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य क्षेत्रले आज निकै अनुभवी र खारिएको नेतृत्व पाउँदै छ ।

प्रधानमन्त्री सुशीला कार्कीले अतिरक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी छन् ।

मिश्रालाई आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरी समक्ष पद तथा गोपनियताको सपथ दिलाउने छन् ।

स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्राले स्वास्थ्यमन्त्री बन्ने भएपछि हिजो राजीनामा दिएकी थिइन् ।

मिश्रा स्वास्थकर्मीका साथै कुशल व्यवस्थापक पनि हुन् । कोरोना महामारीले देश आक्रान्त भएका बेला कोशी अस्पतालको नेतृत्व गरेर डा. मिश्राले आफूलाई अब्बल सावित गरेकी थिइन् ।

आम नागरिकलाई महामारीबाट जोगाउन उनले गरेको योगदानले देशभर चर्चा पाएको थियो ।

कोशी अस्पतालबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकको जिम्मेवारी पाएसँगै उनले नेपालमा पहिलो पटक ह्युमन मिल्क बैंक अर्थात् अमृत कोषको अवधारणा ल्याएकी थिइन् ।

त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता, स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदै डा. मिश्र हाल स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव भएको थिइन् ।

मिश्राले सचिवमा दाबेदाबी प्रस्तुत गरेकी थिइन् । तर तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई सचिवमा बढुवा गरेको थिएन ।

डा. मिश्राले २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरी करिब एक वर्ष काम गर्नुभएको थियो । त्यसपछि उहाँ फुलब्राइट छात्रवृत्ति पाएर अमेरिका पढ्न जानुभएको थियो । २०७० असोज १० गते खुलातर्फको प्रतिस्पर्धामा ११औं तहमा नाम निकालेर उहाँ पुन: स्वास्थ्य सेवामा प्रवेश गर्नुभएको हो ।