१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

नन्दप्रसादको निधन भएको ११ वर्ष पूरा, छोराका हत्यारा अझै न्यायको दायरामा आएनन्

नन्दप्रसादको निधन भएको ११ वर्ष पूरा, छोराका हत्यारा अझै न्यायको दायरामा आएनन्
अ अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको द्वन्द्वकालमा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा न्यायको माग गर्दागर्दै आमरण अनसन बसेको ३३४ औं दिनमा सत्याग्रही नन्दप्रसाद अधिकारीको निधन भएको आज ११ वर्ष पुरा भएको छ ।

विडम्बना छोराका हत्याराहरुलाई राज्यले न्यायको दायरामा ल्याएको छैन । सर्वोच्च अदालतले पेसी सारेको सारै गरेको पनि वर्षौं भएको छ ।

न्यायको लडाईंमा पतिलाई साथ दिएकी सत्याग्रही गंगामायाले अपराघीहरूलाई कानुनी दायरामा ल्याउने सुशील कोइराला सरकारले प्रतिबद्धता जनाएपछि ३५९औ दिनमा ‘तरल पदार्थ’ मात्र ग्रहण गर्ने सर्तमा आमरण अनसन स्थगन गर्नु भएको हो ।

तीन नेताका भागबन्डामा तीन पटक तीनवटा सत्य तथा वेपत्तासम्बन्धी आयोगले कृष्णप्रसाद लगायत कसैलाई पनि न्याय दिलाउने चेष्टासमेत गरेन । पीडितले बहिष्कार गरेको बर्तमान दुबै आयोगलाई मार्ग प्रशस्त गर्न माग गरेका छन् । नयाँ सिराबाट विश्वसनीय आयोग गठन गर्न माग गरेका छन् ।

न्याय नपाएसम्म अन्तिम संस्कार नगर्ने अडान परिवारले राखेपछि नन्दप्रसादको शव ११ वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा छ ।

नन्दप्रसादको २०७१ असोज ६ गते निधन भएको थियो । त्यसपछि न्याय माग्दै गङ्गामाया पटकपटक अनशन बस्दै आएकी छन् ।

गंगामायाले ‘न्यायको लडाई’ जारी राख्ने बताएकी छन् ।