६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल र सिटीले बराबरी खेले



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टोलिले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

आर्सनलको घरेलु मैदान इमिरेट्समा खेलको नवौं मिनेटमा नै सिटीले अग्रता लिएको थियो । एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

खेलमा निकै पकड जमाएको आर्सनलले बराबरी गोल भने अन्तिम समयमा फर्काएको थियो । इन्जुरी समयमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनलको हार टारेका हुन् ।

यो नतिजापछि आर्सनल ५ खेलबाट १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने सिटी ७ अंकका साथ नवौं स्थानमा छ ।