१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’ News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

लक डाउनका कारण २६ दिनदेखी जंगलमै बास

लक डाउनका कारण २६ दिनदेखी जंगलमै बास
अ अ+ अ-

सोम शर्मा (बजगाईं), भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले निर्माण गरेको ट्रेकिङ्ग ट्रयालको काम गर्न आएका १८ श्रमिक मजदुर २६ दिनदेखी जंगलमै बास बस्न बाध्य भएका छन् । नगरपालिकाले पर्यटकिय गन्तव्यका रुपमा चाँगुनारायण नगरपालिका ७ र ८ नं. वडामा निर्माण गरिरहेको पर्यटक ट्रेकिङ्ग ट्रयालमा काम गर्न आएका मजदुरहरु लकडाउनका कारण सो क्षेत्रको जंगलमै अलपत्र परेपछि जंगलमै बास बस्न बाध्य भएका हुन् ।

नगरपालिकाले ४ करोडको लागतमा निर्माण गरेको मुहानपोखरीदेखी नगरकोटको महादेवस्थानसम्म निर्माण गरिरहेको ४ किमि टेकिङ्ग ट्रयायल निर्माणकै क्रममा लकडाउन भएपछि अछाम, रुकुम, जाजरकोट, सिन्धुलीलगायतका जिल्लाका १८ जना मजदुरहरु जंगलमा समय बिताउन बाध्य भएका हुन् ।

उनीहरुलाई नगरपालिकाले राहतका रुपमा खाद्यान्न सामग्री उपलब्ध गराएपनि जंगलमै कष्टकर जीवन विताउन बाध्य हुनुपरेको मजदुरहरुको गुनासो छ । उनीहरुले लकडाउनको समयमा सरकारले घर जान सक्ने वातावरण सिर्जना गरिदिन सरकारसँग आग्रह समेत गरेका छन् ।

यता चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रले भने उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताउनुभएको छ ।