२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको लोकसभा सचिवालयमा सोमबारदेखि काम थालिने



अ+ अ-

नयाँदिल्ली । भारतको लोकसभा सचिवालयले आगामी सोमबारदेखि काम शुरु गर्ने जनाएको छ ।

कोरोनाभाइरसको सङ्क्रमणका कारण गत मार्चको अन्तिम हप्तादेखि काम गर्न नसकेको सचिवालयले आगामी सोमबारदेखि काम गर्ने भएको हो ।

भारतको लोकसभा र राज्यसभा गत मार्च २४ देखि बन्द अवस्थामा रहेका छन् । लोकसभा सचिवालयले जारी गरेको सूचना अनुसार सचिवालयका सहसचिव वा सोेभन्दा माथिका कर्मचारीहरुले सोमबारदेखि कार्यालयमै आएर काम गर्न थाल्ने छन् ।

अन्य कर्मचारीहरु पनि पालोपालो गरेर कार्यालयमा हाजिर भएर काम गर्ने सचिवालयले जानकारी दिएको छ ।

कार्यालयमा काम गर्दा सामाजिक दूरी कायम गर्नु पर्ने लगायतका आधारभूत स्वास्थ्य सतर्कतालाई भने ध्यान दिइने सचिवालयले जनाएको छ ।

कार्यालयका फाइलहरु विद्युतीय माध्यमबाट मात्रै आदानप्रदान गर्ने व्यवस्था पनि गरिने भएको छ ।