६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडले चेल्सीलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले चेल्सीलाई २–१ गोलले हराएको हो ।

घरेलु मैदान वल्ड्र ट्राफोर्डमा १४ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले युनाइटेडका लागि १०० औं गोल गर्न सफल भए । २०० खेलमा उनले यो उपलब्धी हासिल गरेका हुन् ।

त्यसअघि खेलको पाँचौं मिनेटमा नै चेल्सीका गोलकिपर रोबर्टो सान्चेजले रातो कार्ड खान पुगेका थिए । उनले युनाइटेडका एम्बुएमोमाथि खराब ट्याकल गरेपछि रेफ्रिले उनलाई सिधै रातो कार्ड देखाए ।

३७ औं मिनेटमा कासेमिरोले गोल गर्दै युनइटेडको अग्रता दोब्बर पारे । उनले हेडिङमार्फत गोल गरे । तर, पहिलो हाफको इन्जुरी समयमा उनै कासेमिरो दोहोरो पँहेलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । उनले चेल्सीका एन्ड्री सान्तोसमाथि फउल गर्न पुगे ।

यता, ८० औं मिनेटमा ट्रेवो चालोबाले गोल गर्दै चेल्सीलाई १–२ को अवस्थामा ल्याएपनि टोलिको हार भने टार्न सकेनन् । यो नतिजापछि चेल्सी ५ खेलबाट ८ अंकका साथ तालिकाको छैटौं स्थानमा छ भने युनाइटेड ७ अंकका साथ १० औं स्थानमा छ ।