१३ असार २०८३, शनिबार
,
Latest
नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति भण्डारेश्वर समितिद्धारा विपन्नलाई राहात प्रदान



अ+ अ-

काठमाडौं। पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिले लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विपन्न परिवारलाई राहात प्रदान गरेको छ । सो राहात हिजो काठमाडौं महानगरपालिका वडा नम्वर ७ लाई हस्तान्तरण गरेको हो।

पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिका अध्यक्ष रमेश महर्जनले काठमाडौं महानगर वडा नं ७ का अध्यक्ष शुद्द कुमार डंगोललाई सो राहतस्वरुप खाद्य सामग्री हस्तान्तरण गरेका हुन्।

दैनिक ज्यालादारी मजदुर र विपन्नलाई राहत वितरण गर्न २४ सय केजी चामल र २५० केजी दाल आइतवार हस्तान्तरण गरिएको अध्यक्ष महर्जनले जानकारी दिए। उनले वडा कार्यालय मार्फत आवश्यकता भएका व्यक्तिहरुको हातमा खाद्यान्न सामग्री पुग्ने विश्वास व्यक्त गरे।