१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’ News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री खरिद सम्झौता, ढुवानीबारे अझै अन्योल

चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री खरिद सम्झौता, ढुवानीबारे अझै अन्योल
अ अ+ अ-

काठमाडौँ । सेनाले कोरोना रोकथाम र नियन्त्रणका लागि चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री खरिदको टुंगो लगाएको छ । बेइजिङस्थित सैन्य सहचारी सहायक रथी विनोद पाण्डेको समन्वयमा सेनाले सोमबार चीनको सरकारी कम्पनीलाई अग्रिम भुक्तानी गर्ने तयारी गरेको छ । सेनाले पठाएको सम्झौताको मस्यौदामा चिनियाँ पक्षसँग आइतबार थप छलफलपछि खरिद गर्ने विषय टुंगो लागेको हो । सामान गुणस्तरीय नभए कति दिनभित्र फिर्ता गर्नेलगायतका विषय सम्झौतामा उल्लेख छन् । सेनाले पठाएको संशोधित सम्झौताको मस्यौदामा चिनियाँ कम्पनीले सोमबार बिहान हस्ताक्षर गरेर सेनालाई पठाउनेछ । त्यसलगत्तै सेनाले खरिद गर्ने सामानको अग्रिम भुक्तानी गर्नेछ । अर्थ मन्त्रालयले शुक्रबार नै सेनालाई बजेट निकासा गरिसकेको छ ।

चिनियाँ कम्पनीले अर्को सोमबारसम्म पिसिआर मेसिन, एन–९५ मास्क, भेन्टिलेटरलगायतका अत्यावश्यक ६७ प्रकारका स्वास्थ्य सामग्री ग्वान्जाओसम्म ल्याइदिनेछ । त्यहाँबाट सेनाले जहाज वा गाडी केमा ल्याउने भन्ने टुंगो लाग्न बाँकी छ । ‘हामीले किनेकोमध्ये तत्काललाई चाहिएको सामान जहाजमा ल्याएर बाँकी सामान गाडीमा ल्याउने कि सबै सामान जहाजबाट ल्याउने भन्ने टुंगिएको छैन,’ सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने । सेनाले पठाएको सम्झौताको मस्यौदामा चिनियाँ पक्षसँग आइतबार थप छलफलपछि खरिद गर्ने विषय टुंगो लागेको हो । सामान गुणस्तरीय नभए कति दिनभित्र फिर्ता गर्नेलगायतका विषय सम्झौतामा उल्लेख छन् ।

ग्वान्जाओबाट गाडीमा तातोपानीसम्म सामान ल्याउन सात दिन लाग्ने र सबै सामानको भन्सार प्रक्रिया पूरा गर्न थप दुई दिन लाग्ने जानकारी सेनाले पाएको छ । त्यसअनुसार आगामी सोमबार सामान तयार भयो भने पनि गाडीबाट ढुवानी गर्न थप नौ दिन लाग्नेछ । चीन सरकारले ८ अप्रिलबाट निर्यात हुने जुनसुकै सामानको गुणस्तर मापन गर्दै आएको छ । ठूलो संख्याका गाडीमा सामान ल्याउने अवस्थामा चिनियाँ अधिकारीले गुणस्तर यकिनसहित भन्सार पास गर्न दुई दिन लाग्ने जानकारी सेनालाई दिएका छन् । सेनाले चिनियाँ जनमुक्ति सेनाको जहाजबाट अत्यावश्यक सामान ढुवानी गर्न अनौपचारिक रूपमा अनुरोध पनि गरेका छन् ।

सामान आपूर्तिका विभिन्न विकल्पमा छलफल भए पनि यकिन भइसकेको छैन । तत्काल अत्यावश्यक सामान ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज ग्वान्जाओ पठाउने सम्भावना छ । जहाज कतिपटक जाने र बाँकी सामान कसरी ल्याउने भन्ने विषयमा सिसिएमसीले टुंगो लगाउन बाँकी रहेको सम्बद्ध सैनिक अधिकारीले जानकारी दिए । प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी नेतृत्वको कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सिसिएमसी०ले तयार गरेको सूचीअनुसार सेनाले चीनबाट सामान ल्याउन लागेको हो । सिसिएमसीले नेपाललाई तीन सय ९६ प्रकारका औषधि र स्वास्थ्य सामग्री तथा उपकरण आवश्यक पर्ने सूची तय गरेको छ ।

जसमध्ये पहिलो चरणमा चीनबाट ६७ र भारतबाट ५३ प्रकारका औषधि र सामग्री खरिद गर्ने प्रक्रिया टुंगिएको हो । भारतमा पनि स्वास्थ्य सामग्री र औषधि खरिदको प्रक्रिया टुंगिएको छ । दिल्लीस्थित नेपाली दूतावासका सैन्य सहचारी सहायकरथी ईश्वर मैनालीले खरिद प्रक्रियाको समन्वय गरेका छन् । भारतसँग पनि स्वास्थ्य सामग्री खरिदका लागि सेनाले सम्झौतापत्र पठाएको छ । भारतसँग पनि केही दिनभित्रै सम्झौतापत्रमा हस्ताक्षर हुने सैनिक स्रोतले जनाएको छ । (नयाँ पत्रिकामा समाचार छ)