१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’ News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

कोरोनाबाट विदेशमा ३० नेपालीको मृत्यु

कोरोनाबाट विदेशमा ३० नेपालीको मृत्यु
अ अ+ अ-

काठमाडौं । महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरसबाट विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीमध्ये ३० जनाले भने कोरोनाकै कारण ज्यान गुमाएका छन्। गैरआवासीय नेपाली संघले तयार पारेको शनिबार बेलुकीसम्मको तथ्यांकअनुसार विदेशी भूमिमा ज्यान गुमाउने नेपालीको संख्या २८ पुगेको छ। संघले बेलायतमा १७, अमेरिकामा ८, युएईमा २ र आयरल्यान्डमा एकजनाको ज्यान गएको जनाएको छ। यसबाहेक आइतबार बेलुकीसम्म अमेरिकाको न्युयोर्कमा थप दुईजना नेपालीको कोरोनाकै कारण मृत्य भएको पहिचान भएको छ। यसरी कोरोनाबाट मृत्यु हुने नेपालीको कुल संख्या ३० पुगेको छ।

हाल अमेरिकामा बस्ने सञ्चारकर्मी मधुकर अधिकारीले अमेरिकामा थप दुईजना नेपालीको कोरोनाका कारण ज्यान गएको जानकारी दिए। आइतबार नागरिकसँग टेलिफोनमा अधिकारीले अमेरिकामा अहिलेसम्म १० जना नेपालीको ज्यान गएको बताए। उनका अनुसार न्युयोर्कको एल्मरुट अस्पतालले ७२ वर्षीय इन्द्रबहादुर राईको मृत्यु भएको जानकारी दिएपछि मृतकको संख्या १० पुगेको हो। त्यसबाहेक अमेरिकामा मृत्यु हुने नेपालीमा महेश अमात्य, पवन मल्ल, सोनाम लामा, अनिल लिम्बु, अजेय छेचुंन, निमा टेम्बा शेर्पा, राजकुमार थापा र थोक्मे बिष्ट रहेका छन्। अधिकारीले शुक्रबार मृत्यु भएका अर्का एक नेपालीको नाम भने उनीहरुका परिवारले स्वीकृति नदिएका कारण सार्वजनिक नगरिएको बताए।

विदेशमा बस्ने नेपालीको हकहित र सुरक्षा गर्ने उद्देश्यले संघ स्थापना गरिएको हो। संघले पछिल्लो समय कोरोनाका कारण समस्यामा परेका गैरआवासीय नेपालीको तथ्यांक लिन र सक्दो सहयोग गर्न सुरु गरेको छ। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड १९ उच्चस्तरीय समिति गठन गरिएको छ। यसअन्तर्गतको स्वास्थ्य समितिले कोरोनाबाट संक्रमित र मृत्यु हुनेको नाम संकलन गरिरहेको छ। संघले अहिलेसम्म कोरोना भाइरसबाट विभिन्न २० मुुलुकमा रहेका एक हजार एक सय ३५ जना नेपाली संक्रमित भएको तथ्यांक सार्वजनिक गरेको छ। संघका अनुसार कोरोनाबाट सबैभन्दा बढी संक्रमित सात सयजना अमेरिकामा र सबैभन्दा बढी १७ जनाको बेलायतमा ज्यान गएको छ।

यस्तै बेलायतमा दुई सय, युएईमा ७१, आयरल्यान्डमा २२, बहराइनमा ४९, स्पेनमा १०, पोर्चुुगलमा २२, अस्ट्रेलियामा ११ रकुवेतमा २१ जना नेपालीमा कोरोना संक्रमण भएको छ।जर्मनी,बेल्जियम र साउदी अरबमा चारचारजना, मलेसियामा तीनजना, जापान तथा फ्रान्समा एकएकजना नेपाली पनि संक्रमणको चपेटामा परेका छन्। चीनको वुहानबाट गत डिसेम्बर अन्त्यतिर सुरु भएको कोरोना भाइरसको दोस्रो इपिसेन्टर बनेको युरोपेली मुलुक इटालीमा भने कुनै पनि नेपाली अहिलेसम्म संक्रमित भएका छैनन्। संघका अध्यक्ष पन्तका अनुसार इटालीमा बस्ने नेपाली धेरै भए पनि अहिलेसम्म कोही पनि संक्रमित भएको तथ्यांक आएको छैन।

संघका अनुसार विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूह, संघका शाखा, कूटनीतिक नियोग, स्थानीय संघसंस्थाले दिएको सूचनाका आधारमा तथ्यांक तयार पार्ने गरिएको छ।संघले विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारको सहयोगार्थ आफ्ना शाखा परिचालन गरेको जनाएको छ। अध्यक्ष पन्तका अनुसार बिहीबार साँझसम्म दुई दर्जनभन्दा बढी देशमा १० हजारभन्दा बढी कोरोना पीडितलाई संघले राहत वितरण गरेको छ। संघको आइतबार बस्ने उच्चस्तरीय समितिको बैठकले थप केही निर्णय गर्ने जनाइएको छ। नेपालमा अहिलेसम्म कोरोना संक्रमणको आशंकामा २९ हजार ५ सय ६७ जनाको परीक्षण गरिएको छ। तीमध्ये ३१ जनामा कोरोना संक्रमण देखिएको छ।

चारजना उपचारपछि घर फर्केका छन् भने २७ जना अझै विभिन्न अस्पतालमा उपचारार्थ छन्। उपचारपछि घर फर्कनेमा काठमाडौंबाट २, बाग्लुडबाट एक र सेती अञ्चल अस्पतालबाट एकजना छन्। नेपालमा संक्रमित हुने बिरामी एकजना बाहेक अरु सबै भारत तथा तेस्रो मुलुकबाट आएका हुन्। विश्वभरमा आइतबार बेलुकीसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजारभन्दा बढी पुगेको छ भने संक्रमितको संख्या २३ लाख ३२ हजारनाघिसकेको छ। ५५ हजारको अवस्था जटिल छ। यो रोगबाट निको भएर घर जानेको संख्या पनि ६ लाखभन्दा बढी छ।

कोरोना भाइरसको उत्पत्ति चीनमा भए पनि संक्रमित र मृत्यु हुनेको संख्या भने अमेरिकामा सबैभन्दा धेरै छ। यो भाइरसका कारण युरोपेली मुलुकहरु पनि नराम्रोसँग प्रभावित भएका छन्। छिमेकी मुलुक भारतमा पनि दैनिक संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ। भारतमा १५ हजारभन्दा बढी संक्रमित र ५ सयको मृत्यु भइसकेको छ। (आजको नागरिक दैनिकमा समाचार छ)