काठमाडौँ । आज (सोमबार) बिहान ११ बजेका लागि नियमित मन्त्रिपरिषद बैठक बस्ने भएको छ । स्रोतका अनुसार बैठकका एजेण्डाबारे खुलाएको छैन् तर पनि नियमित कामकारवाहीका अलवा कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले अख्तियार गरेको नीति, योजना र कार्यक्रमबारे छलफल हुने बताइएको छ ।
कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेबाट नियमित लकडाउन गर्दै आएको र बैशाख १५ गतेसम्मलाई लकडाउनको अवधी थपिएको छ ।
स्रोतका अनुसार आजको बैठकमा अलपत्र मजदुरहरुको उद्दारका बारेमा पनि छलफल हुनसक्छ । त्यस्तै सरकारले लकडाउनमा दिने भनेको राहत प्याकेज, विदेशमा रहेका नेपालीहरुको व्यवस्थापन लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।