६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह News Polar एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा News Polar भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु News Polar डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन News Polar फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट News Polar कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

जेन—जी आन्दोलनको बलिदानी खेर जाने अवस्था आए गोली खान तयार छौँः घाइते परिवार

जेन—जी आन्दोलनको बलिदानी खेर जाने अवस्था आए गोली खान तयार छौँः घाइते परिवार
अ+ अ-

काठमाडौँ । जेन-जी आन्दोलनको घाइते परिवार सरस्वती रावलले जेन—जी आन्दोलनको बलिदानीलाई सरकारले सम्बोधन गनुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जेन—जी आन्दोलनको बलिदानी खेर जाने अवस्था आए आफू गोली खान तयार भएको बताउनुभएको हो । जेन—जी आन्दोलन परिवर्तनको लागि सुशासनको पक्षमा र भ्रष्ट्राचारको विरुद्धमा शुरु भएको उहाँको भनाई छ । आन्दोलनमा जेनजीहरुको ठूलो संख्यामा बलिदानी भएको उहाँले बताउनु भयो । हजारौँको संख्यामा घाइतेहरु छन् ।

जेन—जीहरुको बलिदानीको रक्षा गर्न उनीहरुको एजेण्डालाई अहिलेको सरकारले सम्बोधन गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले मृतक परिवारको व्यवस्थापन, घाइतेहरुको जीविकोपार्जन, उपचारको ग्यारेन्टी, सुरक्षा लगायतको व्यवस्था सरकारले गर्नुपर्नेमा जोड दिनुभयो । आफू पनि १० वर्षे जनयुद्धको योद्धा भएको स्मरण गर्दै उहाँले जनयुद्धको समयमा तीन वर्ष जेल बसेको बताउनु भयो । जेन—जी आन्दोलनको बलिदानी खेर जाने अवस्था भएमा आफू फेरि गोली खान तयार रहेको तर अभिभावकको तर्फबाट यो आन्दोलनलाई पछाडी हट्न नदिने उहाँको भनाई छ । उहाँले आफ्नो भदा आदित्य रावलको शरीरमा ३ वटा गोली लागेको जानकारी दिनुभयो । अझै पनि एउटा गोली पेटमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जेन—जी आन्दोलनमा परिवर्तनको लागि सुशासनको पक्षमा र भ्रष्ट्राचारको विरुद्धमा जेनजीहरुले जो आन्दोलन शुरु गरेका छन् । यो आन्दोलनले बलिदानी भएको छ, जेनजीहरुको ठूलो संख्यामा । अझै हजारौँको संख्यामा घाईतेहरु हुनुुहुन्छ । उहाँहरुको यो वलिदानीको रक्षा होस् । यो बलिदानी, यो रगत खेर नजाओस् । यसले जुन एजेण्डा लिएको थियो, यो एजेण्डाको अहिलेको सरकारले सम्बोधन गरोस् र मृतक परिवारको व्यवस्थापन होस् ।

घाईतेहरुको जीविकोपार्जनदेखि लिएर उपचारको ग्यारेन्टी गरिनुपर्दछ । उहाँहरुको सुरक्षाको पनि कुरापनि यहाँ थुप्रै थ्रेटहरु आएको कुराहरु अहिले उहाँहरुले राख्नुभएको छ । यो पनि सरकारले उहाँहरुलाई शान्ति सुरक्षाको महशुस गराओस् र यो बलिदानी खेर नजाओस् । यदी यो बलिदानी, फेरी जेनजी आन्दोलनको बलिदानी खेर जाने अवस्था भयो भने म पनि १० वर्षे जनयुद्धको योद्धा हो । तीन वर्ष जेल बसेको योद्धा हो । म जेन वाई को तर्फबाट फेरि ३ वर्ष जेल होईन । एउटा गोली खाएको छु, फेरी दुई वटा, चार वटा गोली खान तयार छु । हामी अभिभावकको तर्फबाट यो आन्दोलनलाई पछाडी हट्न दिनेवाला छैनौँ ।’

उहाँले जेनजीहरुलाई एक जुट हुन पनि आह्वान गर्नुभयो । हाल जेन—जीको दुई चार वटा समूह देखिएको उल्लेख गर्दै जेन—जीको नाममा अरुले अवसर लिएको बताउनु भयो ।

घाइते प्रकाश विष्टकी दिदि दुर्गा विष्टले भाईको सिभिल अस्पतालमा उपचार गराईरहेको बताउनु भयो । सरकारले घाईतेको पछिसम्म उपचारको व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । जेन—जी आन्दोलनमा सहभागी सुप्रिया परियार, घाइते गोकर्ण विष्ट, सुरेश ऐरीले जेन—जी आन्दोलनका माग पूरा हुनुपर्ने बताउनु भयो । उहाँहरुले देशमै रोजगारी सिर्जना हुनुपर्ने, आन्दोलनका क्रममा घाईते भएकाहरुको दीर्घकालिन उपचार गर्नुपर्ने, २०४६ सालपछिका उच्चपदस्थ व्यक्ति तथा कर्मचारीहरुमाथी छानविन गरि कारबाही गर्नुपर्ने, आन्दोलनमा गोली चलाउन आदेश दिनेलाई कारबाही गर्नुपर्ने, प्रत्यक्ष कार्यकारी निर्वाचित प्रमुखको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्नुभएको थियो ।