१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’ News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

जनता समस्यामा परेका बेला प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ : डा.महत

जनता समस्यामा परेका बेला प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ : डा.महत
अ अ+ अ-


काठमााडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीजस्तो व्यक्ति जनताका समस्याका बारेमा बेखबर हुनु लाजमर्दाे भएको भन्दै उहाँको अभिव्यक्तिले आफूलाई निकै दुःखी बनाएको बताएका छन् । प्रधानमन्त्रीले बैशाख ७ गते सरकारी संचारमाध्यममार्फत सार्वजनिक अभिव्यक्तिमा जनता रातिराति सडकमा हिँडेको कुरा पत्रकारले कसरी थाहा पाए भनेर प्रश्न गरेका थिए ।


यसै विषयमा आज आफ्नो फेसबुकमा प्रतिक्रिया दिँदै सहमहामन्त्री डा.महतले भनेका छन्- देशमा लकडाउनको महिना दिन पुग्नलाग्दा श्रमिक तथा विपन्न बर्गका नागरिकहरु आफ्ना लालाबाला च्यापेर राजधानी तथा मुलुकका कतिपय सहरहरुबाट गाउँघर फर्किँदै गरेका दृश्य सामाजिक सञ्जालदेखि मिडियामा आइरहेको अवस्थामा प्रधानमन्त्रीले आफैलाई थाहा नभएको, सम्बन्धित जिल्लाका सिडिओलाई समेत थाहा नभएको अवस्थामा पत्रकारले कसरी थाहा पाए भनेर अभिव्यक्ति दिनु गैरविम्मेवारीपनको पराकाष्ठा हो भनेका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिका केही अंशले वर्तमान सरकार र प्रधानमन्त्री जनताले भोगेका चरम कष्टप्रति कति असंवेदनशिल र बेखर छ भन्ने प्रष्ट गर्दछ उनले भनेका छन् । डा.महतको भनाई छ- हजारौंको संख्यामा गाँसबासको समस्याले पीडित नागरिकहरु कयौं दिन लगाएर हिँडेरै घर जान बाध्य भएको परिस्थिति समेत सरकारी संयन्त्रलाई थाहै नहुनु गैर जिम्मेवारीको पराकाष्ठा हो।

त्यसमाथि जनताले भोगेका समस्यालाई संचारमाध्यमहरुले सरकारको ध्यानाकर्षण गराउदा समस्या समाधानतर्फ उन्मुख हुनुको साटो सो सम्बन्धि समाचार रहस्यमय ठान्नुजत्तिको आपत्तिजनक काम केही होइन उनको भनाई छ । यसले सरकारको सूचना प्रविधिमाथिको अविश्वास र प्रेस स्वतन्त्रता माथिको नियन्त्रणमात्र देखाउने उनको भनाई छ ।


स्वास्थ सामग्रीको खरिदका बिषयमा समेत प्रधानमन्त्रीले छानबिन गरी दोषीमाथि कारबाहीको प्रक्रिया आगाडी बढाउने प्रतिबद्धता जनाउनुको सट्टा उल्टै यस्तो कार्यको बचाउमा लाग्नुले अर्काे बिडम्बना थपेको उनको भनाई छ । देश महामारीको त्रासमा रहेका बेला सर्वसाधारण तथा सबै नागरिकलाई सहयोग एवं सहुलियत दिनु त कता हो कता स्वयं प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरु एकपछि अर्काे गर्दै आपत्तिजनक रुपमा बाहिर आइरहनुले परिस्थितिलाई झनै रहस्यमय त बनाएकै छ, यो सरकार पनि नागरिकका समस्यामा कति असंवेदनशील छ भन्ने कुरा स्पष्टै देखाएको सहमहामन्त्री डा.महतको भनाई छ ।