१३ असार २०८३, शनिबार
,
Latest
नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रड प्रहार गरी छोराले गरे बुवाको हत्या



अ+ अ-

धनुषा । धनुषामा गएराति छोराले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेको छ ।

शहीदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय नथुनी सदाले रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरायसी कुरामा झगडा परेपछि बुवाको टाउकामा रड प्रहार गरी छोराले हत्या गरिएको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार नथुनीले बुवासँग पैसा मागेको र बुवाले पैसा नदिएपछि दुबै जनाबीच विवाद भएर झगडा भएको थियो । सोही क्रममा आवेगमा आएका नथुनीले रड लिएर सुखियाको टाउको पछाडि हानेपछि उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

हत्या गरी फरार रहेका नथुनीलाई आज बिहान इलाका प्रहरी कार्यालय यदुकूहाको टोलीले पक्राउ गरेको छ । नथुनीलाई हिरासतमा लिएर थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।