१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतालाई सेवा प्रवाह गर्न मुख्यमन्त्री शाहद्वारा निर्देशन



अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त कार्यालयहरू सञ्चालन गरी छिटोभन्दा छिटो जनतालाई सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

कर्मचारी तथा विकास साझेदारहरूसँग आज यहाँ एक छलफल आयोजना गरिएको थियो । सो छलफलमा उहाँले जस्तोसुकै विषम परिस्थितिमा जनतालाई सेवा दिनु प्रदेश सरकारको जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।

जेनजी प्रदर्शनमा प्रदेश कार्यालयका भौतिक संरचनामा आगजनी तथा तोडफोड भएपछि कार्यालयबाट हुने सेवा प्रवाह अवरुद्ध छ । यसअघि मुख्यमन्त्री शाहले क्षतिग्रस्त विभिन्न मन्त्रालयसहित २९ वटा कार्यालयको निरीक्षण गर्नुभएको थियो ।