११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

वृद्धा बुवाआमा छाडेर जेनजी प्रदर्शनमा अस्ताए गोपाल

वृद्धा बुवाआमा छाडेर जेनजी प्रदर्शनमा अस्ताए गोपाल
अ अ+ अ-

झापा। गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय गोपाल सेढाईं बिहान घरायसी काम सकेर विर्तामोड जाने तरखरमा हुनुहुन्थ्यो । ७६ वर्षीया आमा गुनमायाले सोध्नुभयो, “कता हिँड्न लागेको कान्छा ?”

गोपालले जवाफ दिनुभएको थियो, “त्यहीँ विर्तामोड जान्छु आमा, रक्तदान कार्यक्रम छ ।” रक्तदान कार्यक्रममा सहजीकरण गर्न हिँड्नुभएका गोपालको त्यही संवाद आमासँगको अन्तिम हुन पुग्यो । उहाँ सोही दिन विर्तामोडमा प्रहरीको गोली लागेर सहिद हुनुभयो ।

विर्तामोड गएपछि उहाँ सबैभन्दा पहिला बीएण्डसी हस्पिटल परिसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँले दर्जनौँ युवालाई रक्तदान गर्न सहजीकरण गरेपछि जेनजी प्रदर्शनमा जानुभएको थियो ।

गोपालको परिवारमा बुवाआमा, दाजु भाउजु र तीन दिदीबहिनी छन् । दाजु र भाउजु वैदेशिक रोजगारीको क्रममा दुबईमा बस्दै आएका छन् ।  दिदीबहिनीको विवाह भइसकेको छ । उहाँको काँधमा वृद्धावस्थाका बुवा धनपति र आमा गुनमायाको हेरचाह गर्दै घर सम्हाल्ने जिम्मेवारी थियो ।

उहाँकी दिदी तुलसा सेढाईंका अनुसार रक्तदान कार्यक्रममा जानुअघि बिहान गोपाल सँधै झंै योग सिकाउन शिविरमा जानु भएको थियो । त्यहाँबाट फर्केपछि उहाँले गोठमा गएर गाई दुहुनु भयो । त्यसपछि उपचारका लागि बिरामी बुवालाई लिएर शनिश्चरे अस्पताल जानुभयो । आमासँगै दही चिउरा खाएर उहाँ विर्तामोड जानुभएको थियो ।

“आमा बुवाको हेरचाहमा साह्रै ध्यान दिन्थ्यो, कतै टाढा जानु परे पनि छिट्टै घर फर्किन्थ्यो”, आँखाभरि आँशु पार्दै दिदी तुलसाले सुनाउनुभयो, “अब हाम्रो कान्छो भाइ कहिल्यै नफर्किने बाटोमा गयो ।”

अपराह्न ४ बजेतिर उहाँलाई गोली लागेपछि उपचारका लागि सय मिटरको दूरीभित्रै रहेको बीएण्डसी हस्पिटलमा पु¥याइएको थियो । गोलीले छाती छेडेका कारण उहाँको तत्कालै निधन भएको चिकित्सकले बताएका थिए ।

गोपालमा अन्याय नसहने हक्की स्वाभाव थियो । व्यवस्थापन संकायमा स्नातकोत्तर गर्नुभएका उहाँ गाउँमा कुशल योग प्रशिक्षक, स्वयंसेवी रक्तदाता र सामाजिक अभियन्ताको रूपमा परिचित हुनुहुन्थ्यो । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले गोपाल सेढाईं नियमित रक्तदाता र सामाजिक अभियन्ताको रूपमा रेडक्रससँग सँधै नजिक रहेको बताउनुभयो ।

“कोही कसैलाई रगतको अभाव भएको थाहा पाउने वित्तिकै कि त आफैँ रक्तदान गर्नुहुन्थ्यो, कित दाताहरू खोजेर ल्याउनुहुन्थ्यो”, ढकालले भन्नुभयो, “एउटा शिक्षित र होनहार युवा हुनुहुन्थ्यो उहाँ ।”

उहाँ अविवाहित हुनुहुन्थ्यो । उहाँकी दिदी तुलसा सेढाईंले बिहेका लागि घरमा कुराकानी भइरहेको बताउनुभयो । जेनजी प्रदर्शनको क्रममा भदौ २३ गते काठमाडौँमा प्रहरीको गोली लागेर कलिला युवा आन्दोलनकारीको मृत्यु भएपछि उहाँ विक्षिप्त जस्तै हुनुभएको तुलसाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अन्याय र अत्याचार उसलाई सह्य थिएन । काठमाडौंँमा आन्दोलनकारी जेनजीको मृत्यु भएको खबर सुनेदेखि रोएरै दिन बिताएको थियो ।”

गोपाल मिहेनती किसान र नर्सरी व्यवसायी हुनुहुन्थ्यो । उहाँले डेढ बिघा जग्गामा विभिन्न बिरुवाको नर्सरी लगाउनुभएको थियो । खेतीपाती र पशुपालनमा उहाँको रुची थियो । गोबर सोहोर्ने र गाई दुहुने काम उहाँ आफैँ गर्नुहुन्थ्यो । बारीमा सुपारी र मरिचको बगान लगाउनुभएको थियो । उहाँको निधनले गाउँ नै शोकमा छ । रासस