१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश सरकारले सहिद परिवारलाई रु दुई लाख ५० हजार प्रदान गर्ने



अ+ अ-

जनकपुर। मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका प्रदेशमा स्थायी बसोबास रहेका सहिदका परिवारलाई राहतस्वरूप प्रतिपरिवार रु दुई लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका सहिदहरूप्रति मधेस सरकारद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने घोषणा गरिएको छ ।

बैठकले आन्दोलनका क्रममा घाइते हुनुभएकाहरूप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूको प्रभावकारी उपचार प्रबन्ध मिलाउनुपर्ने निर्णय गरेकोे छ ।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई सरकारी तथा निजी सम्पत्तिमा गरिएको आगजनी, तोडफोड र क्षतिको घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही अघि बढाउनुपर्ने जेनजी पुस्ताले अघि सारेका मागको समाधान वर्तमान संविधानकै दायराभित्र रहेर खोजिनुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । रासस