२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले जब घरमा छापा मारेपछि…



अ+ अ-

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका-३ फल्ले बिसौनास्थित चन्द्रराज गिरीको घरमा प्रहरीले छापा मार्दा भरूवा बन्दुक र सालको काठसहित एक महिला पक्राउ परेकी छिन्। प्रहरीले गिरीको घरबाट २ नाले भरूवा बन्दुक र ३६.९ क्युफिट सालको काठ बरामद गरेको थियो।

प्रहरीले चन्द्रराज गिरीकी श्रीमती ४५ वर्षीया धनसारा गिरीलाई पक्राउ गरेको छ। चन्द्रराज भने फरार रहेको प्रहरी कार्यालयका डिएसपी दक्ष बस्नेतले जानकरी दिए।

प्रहरीले चन्द्रराजको खोजीतलासी गरिरहेको बताएको छ।