११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

संविधानको कार्यान्वयनबाट आर्थिक समृद्धि सम्भव छ- मुख्यमन्त्री पाण्डे

संविधानको कार्यान्वयनबाट आर्थिक समृद्धि सम्भव छ- मुख्यमन्त्री पाण्डे
अ अ+ अ-

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव रहेको बताउनुभएको छ ।

संविधान दिवस-२०८२ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज पोखरामा आयोजित संविधान दिवस मूल समारोह कार्यक्रममा उहाँले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबैले आआफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरका लागि तीनवटै तहबीच समन्वय र सहकार्य आवश्यक पर्ने बताउँदै उहाँले रोजगारी सिर्जना, लगानीमैत्री वातावरण, भौतिक संरचनाको पुनःनिर्माण र जनतासँग प्रत्यक्ष जोडिएका सेवाको विस्तारमा गण्डकी प्रदेश लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिङ्गो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको मुख्यमन्त्रीले उल्लेख गर्नुभयो । संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशील रहेको उहाँले बताउनुभयो । लोकतान्त्रिक मूल्य मान्यता र प्रक्रियालाई सुदृढ बनाउन हामी सबै जिम्मेवार बन्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

गत भदौ २३ र २४ गते देशका विभिन्न ठाउँमा जेनजीद्वारा गरिएको प्रदर्शनले नयाँ पुस्ताको आकाङ्क्षा र परिवर्तनको चाहनालाई प्रष्ट पारेको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो । उहाँले यस क्रममा सहादत प्राप्त गर्नुभएका युवा पुस्ता र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकूल परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभयो ।

प्रदर्शनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँले घटनाको न्यायपूर्ण छानबिन, दोषीमाथि कारबाही र पीडितहरूको न्याय सुनिश्चित गर्ने दिशामा आवश्यक पहल गर्न सबैसँग अनुरोध गर्नुभयो ।

“जेनजी पुस्ताले उठाएका विषय सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति यी हाम्रो साझा लक्ष्य हुन् र सामूहिक जिम्मेवारी पनि हो”, उहाँले भन्नुभयो, “पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी प्राप्त उपलब्धिमाथि प्रहार गर्ने, नकारात्मक सोचलाई स्थापित गर्ने गरी गलत भाष्य निर्माण गरिएकोतर्फ सचेत रहँदै सकारात्मक सोच राखेर थप उपलब्धि हासिल गर्ने दिशामा अघि बढ्न विषेशत युवा पुस्तालाई म अनुरोध गर्दछु ।”

सुशासन कायम गर्ने विषयमा गण्डकी प्रदेश दृढ रहेको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले ‘राईड शेयरिङ’मार्फत युवालाई रोजगारी सिर्जना गर्ने, चालु खर्च कटौती, कार्यालय समायोजन, दरबन्दी कटौती र व्यवस्थापनमार्फत शुसासन कायम गर्दै मितव्ययी शासन प्रणालीलाई अङ्गिकार गर्दै आएको बताउनुभयो ।

आफूँहरूले सुरु गरेका यी पहलहरू केवल प्रशासन सुधारका लागि मात्र नभएर युवा पुस्ताको आशा र विश्वास पूरा गर्न, प्रदेशको समुन्नतिका लागि अत्यावश्यक रहेको उहाँको भनाइ छ ।

प्रदेशका सभामुख कृष्णप्रसाद धितालले संविधान दिवसलाई राष्ट्रिय रूपमा मनाउँदै संविधानलाई कसरी वैज्ञानिक बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो । युवा पुस्ताद्वारा गरिएको प्रदर्शनपछि दलहरूलाई सचेत बनाएको बताउँदै उहाँले युवाका जायज मागलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधारशीला वर्तमान संविधान भएको बताउँदै उहाँले यसलाई संरक्षण, सम्बर्द्धन र सुदृढीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले जेनजी पुस्ताको माग समयमा सुनुवाई नहुँदा यस्तो अवस्था सिर्जना भएको बताउनुभयो । प्रदर्शनका क्रममा जनधनको क्षति हुनु संवैधानिक क्रियाकलाप विपरीत भएको बताउँदै उहाँले यसले समाज र राष्ट्रलाई ठूलो क्षति पुर्‍याएको धारणा राख्नुभयो ।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दलका नेता हरिबहादुर चुमानले बलिदानीपूर्ण सङ्घर्षबाट बनेको वर्तमान संविधानको संरक्षणमा सबै जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो । भ्रष्टाचार नियन्त्रणमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै उहाँले जेनजी पुस्ताले प्रदर्शनका क्रममा उठाएका प्रमुख मुद्दा पनि यही रहेको बताउनुभयो । रासस