२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार



अ+ अ-

काठमाडौँ । युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपाली नागरिकको उद्धार गरिएको छ ।

रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी आज अपराह्न नेपाल फर्काउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युक्रेनको सीमासुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली सङ्घ जर्मनीलगायतको सहयोगमा उहाँहरुको उद्धार गरिएको हो ।

मन्त्रालयले सम्बन्धित मुलुकको कानुनको उल्लङ्घन वा अवज्ञा वा बेवास्ता गर्दा पक्राउ परिने र लामो समय थुनामा बस्नुपर्ने अवस्था आउने एवं ज्यानसमेत जोखिममा पर्नसक्ने उल्लेख गर्दै विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमनलगायत अन्य कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

साथै मन्त्रालयले यसप्रकार पक्राउ परेकाको उद्धार प्रक्रिया पनि सहज नहुने जनाउँदै विभिन्न प्रकारका प्रलोभन र बहकाउका सम्बन्धमा सचेत हुन तथा यसप्रकारको कुनै पनि कार्यमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ ।