१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’ News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

विश्वभर संक्रमितको संख्या २४ लाखभन्दा बढी, मृतकको संख्या १ लाख ६५ हजार नाघ्यो

विश्वभर संक्रमितको संख्या २४ लाखभन्दा बढी, मृतकको संख्या १ लाख ६५ हजार नाघ्यो
अ अ+ अ-

जेनेभा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर संक्रमित व्यक्तिको संख्या २४ लाख नाघेको छ । संयुक्तराज्य अमेरिकामा मात्र ७ लाख ६४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरण अनुसार सोमबार मध्यान्हसम्ममा अमेरिकामा ४० हजार ५६५ जनाको मृत्यु भएको छ । एएफपीका अनुसार विगत २४ घण्टामा अमेरिकामा मात्र १ हजार ९९७ जनाको मृत्यु भएको छ । अघिल्लो दिन पनि अमेरिकामा १ हजार ८९१ जनाको ज्यान गएको थियो ।

अमेरिकाका सबैजसो राज्यमा लकडाउन र सामाजिक दूरीका कडा नियमहरु लागू गरिए पनि संक्रमितको संख्या र मृत्यु दर दुबैमा अझै कमी आएको छैन ।

मानिसहरु सडकमा उत्रिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पुनः खुला गर्न विभिन्न निर्देशिकाहरु राज्यका गभर्नरलाई सुझाए पनि लकडाउन खोल्ने बारेमा स्पष्ट भइसकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राज्यका गभर्नरहरुले लकडाउन खुकुलो बनाउन पर्याप्त ध्यान नदिएको भन्दै तिखो आलोचना गर्नु भएको छ । बन्दाबन्दीको अवस्था लम्बिएसँगै हजारौं अमेरिकीहरुले राज्यका आदेशलाई बेवास्ता गर्दै सडकमा उत्रिएका छन् ।

वासिङटन राज्यमा दुई हजारभन्दा बढी मानिसहरुले सामाजिक दूरी कायम राख्नुपर्ने नियमको बेवास्ता गर्दै राज्यको राजधानीमा प्रदर्शन गरेका छन् । उनीहरुले लकडाउन जतिसक्दो चाँडो खोल्न गभर्नरसँग आग्रह गरेका थिए ।

डेन्भरमा बन्दाबन्दीको विधि कोविड–१९ भन्दा खराब रहेको प्लकार्ड सहित सहभागीहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीका अनुसार बन्दाबन्दीले अमेरिकी अर्थतन्त्रमा ठूलो नोक्सान भएको र २ करोड २० लाख मानिस रोजगारविहीन भएका छन् ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित न्यूयोर्क राज्यमा मात्र १८ हजारभन्दा बढीको ज्यान गएको छ । न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले मृतकको संख्यामा विस्तारै कमी आउन थालेको बताउनु भएको छ ।

तर अमेरिकी राष्ट्रपति ट्रम्प र गभर्नरहरुबीच स्वास्थ्य परीक्षणमा भएको ढिलासुस्तीप्रति आरोप्रत्यारोप पनि जारी छ । गभर्नरहरुले पर्याप्त स्वास्थ्य परीक्षण गर्न नसकिएको गुनासो गरेका छन् भने राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसका नाममा गभर्नरहरुले राजनीति गरिरहेको दोषारोपण गर्नु भएको छ ।

ट्रम्पले डेट्रोइट, न्यू अर्लियन्स र ह्युस्टनजस्ता शहरहरुमा कोरोना संक्रमण व्यापक रुपमा घटेको प्रमाणित भइसकेको जनाउँदै “हामी जतिसक्दो चाँडो हाम्रो मुलुकलाई खुला गर्दैछौं” भन्नुभयो ।

अमेरिकामा लकडाउन अन्त्य गर्न प्रदर्शन भइरहे पनि कोरोनासँग संघर्षरत युरोपेली मुलुकहरुमा कतै लकडाउन र आपतकालको अवधि बढाइएको छ भने डेनमार्क, स्वीडेन जस्ता केही मुलुकले प्राथमिक विद्यालयहरु खोलेका छन् ।

कोरोनाभाइरसका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटली, स्पेन, फ्रान्स, बेलायत जस्ता समृद्ध मुलुकमा केन्द्रित छ ।

नेपाली कामदारको संख्या निकै बढी रहेको कतारमा कोरोनाभाइरसबाट कूल संक्रमित व्यक्तिको संख्या ५ हजार ४४८ पुगेको छ । कतार समाचार एजेन्सी ९क्युएनए० का अनुसार पछिल्लो पटक ४४० जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतारमा हालसम्म ८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । कतारमा ६२ हजार ५३८ जनाको कोरोना संक्रमणको परीक्षण गरिएको छ । सरकारले कतारमा जारी लकडाउनलाई सम्मान गर्न आमजनतालाई आग्रह गरेको छ ।