१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’ News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

भारतमा पनि भयवह बन्दै कोरोना, कुन प्रदेशमा कति जनाले गुमाए ज्यान

भारतमा पनि भयवह बन्दै कोरोना, कुन प्रदेशमा कति जनाले गुमाए ज्यान
अ अ+ अ-

नयाँ दिल्ली । गएको २४ घन्टायता भारतमा एक हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ ।

सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १७ हजार २६५ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये २ हजार ५४७ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १४ हजार भन्दा बढी कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३६ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५४३ पुगेको छ ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोमबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ४ हजार २०३ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा २२३ जनाको निधन भएको छ । यसैगरी यस राज्यका ५०७ जना नागरिक उपचारपछि निको भएर घर फर्किएका बताइएको छ ।

महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँ मात्र २ हजार ३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ४५ जनाको मृत्यु भइसकेको प्राप्त समाचारमा जनाइएको छ ।
यसैबीच ७२ जना भने उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

यसैगरी यस प्रकोपको प्रभावित भारतीय राजस्थान तेस्रो स्थानमा रहेको छ । राजस्थानमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या १ हजार ४७८ जना पुगेको प्राप्त समाचार जनाइएको छ । यी संक्रमितहरू मध्ये १८३ जना भने उपचारपछि घर फर्किएका छन् । कोरोना संक्रमणबाट राजस्थानमा १४ जनाको मृत्यु भईसकेको छ ।

त्यसैगरी भारतको तमिलनाडूमा कोरोना भाइरसका संक्रमितहरु १ हजार ४७७ जना भेटिएका छन् । यहाँका ४११ जना उपचारपछि घर फर्किएका छन् भने १५ जनाको मृत्यु भएको छ । ।

मध्यप्रदेशमा यसबाट ७० जनाको ज्यान गएको छ भने, १२७ जना संक्रमित निको भएका छन् ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस ९कोविड–१९० को संक्रमण रोक्नको बन्दाबन्दी ९लकडाउन० लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गर्नु भएको थियो ।

त्यसपछि पनि यहाँका उत्तरप्रदेश र केरला राज्यमा पनि ठूलो संख्याका संक्रमितहरु भेटिएका छन् । पछिल्लो समयमा भारतमा हरेक दिन सयौँ संक्रमित देखिन थालेका बताइएको छ ।