१० श्रावण २०८३, आईतवार
,
Latest
किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा नकारात्मक सर्किटपछि अर्थमन्त्रीद्वारा अध्ययन कार्यदल गठन



अ+ अ-

काठमाडौं । जेन–जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजार बिहीबार तीन पटक लगातार नकारात्मक सर्किट लागेपछि अर्थमन्त्री रामेश्वर खनालले समस्या अध्ययनका लागि कार्यदल गठन गरेका छन् ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक (कायममुकायम) रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलमा राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेप्सेका कामु कार्यकारी निर्देशक निरन्जन फूँयाल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य छन् ।

कार्यदलले पाँच दिनभित्र पुँजी बजारका समस्या तथा सुधारका उपायबारे सुझावसहित ठोस कार्ययोजना पेश गर्नेछ ।