१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना परीक्षणको दायरा तीब्र रुपमा विस्तार गर्नुपर्छ : सभापति देउवा



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण परीक्षण तीब्र रुपमा विस्तार गर्नुपर्ने आग्रह गरेका छन् । आइतबार एक अपिल जारी गर्दै सभापति देउवाले परीक्षणको दायरा समुदायस्तरमा विस्तार गर्न आग्रह गरेका छन् ।

देउवाले कुनै पनि ब्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुने पनि बताएका छन् ।

‘आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि म हार्दिक अपील गर्दछु’ देउवाले अपिलमा भनेका छन्‍, ‘सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ पनि म स्मरण गर्न र गराउन चाहन्छु ।’