१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’ News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

महानगरको परीक्षण जारी

महानगरको परीक्षण जारी
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरले भारत तथा तेस्रो मुलुकबाट आएर महानगरभित्र बसोबास गरिरहेका नागरिकहरुको कोरोना परीक्षणलाई तिव्रता दिएको छ ।

महानगरभित्र बसोबास गरिरहेका विदेशबाट आएका नेपाली नागरिक वा विदेशी नागरिकहरुको र्यापिड डाइग्नोष्टि (आरडिटी) विधिबाट परीक्षण थालिएको हो । सोमबार महानगरले वडा नम्बर ६, ७, ८ र ९ मा परीक्षण गरेको छ । २ सय जनाको परीक्षण गर्ने लक्ष्यसहित सो वडाहरुमा परीक्षण थालिएको महानगरले जनाएको छ । आइतबारसम्म हानगरभित्र साढे ६ सय जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो । विदेशबाट आएका नागरिकहरु सरकारको आग्रह अनुसार होम क्वारेन्टाइनमा बसिरहेकाले शंका गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाई छ । कुनै व्यक्तिमा पोजेटिभ देखिए थप परीक्षणका लागि टेकु अस्पताल पठाइने र सम्बन्धि वडामा छुटेकाहरुले अर्को वडामा गएर परीक्षण गर्न सक्ने उहाँले बताउनुभयो ।

महानगरले प्रत्येक वडाहरुमा परीक्षण थालेपनि किटको व्यवस्थापन सहज नभएको गुनासो काठमाडौं ४ बाट निर्वाचित सांसद गगन थापाले गर्नुभयो । सोमबार परीक्षण गरिएका वडाहरुका लागि किट माग्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हारगुहार नै गर्नुपरेको उहाँको भनाई छ । आरडिटी परीक्षणमा पोजेटिभ आएको तर पिसिआरमा नेगेटिभ आएका व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको पनि परीक्षण हुनुपर्नेमा त्यस्तो नभएको उहाँले बताउनुभयो । महानगरले माइकिङ र स्वयमसेविकाहरुलाई घरघरमा पठाउँदा पनि धेरैले परीक्षणका लागि अटेरी गरेको थापाले बताउनुभयो ।

चैत महिनाभित्र विदेशबाट आएका नागरिकहरुको परीक्षण गरिएको हो । विदेशबाट आएका नागरिकहरुले परीक्षणको काम सरकारले ढिला गरी सुरु गरेको बताएका छन् । अहिले नेपालमा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा ४ जना उपचारपछि निको भएर घर फर्किएका छन्, भने २७ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।