२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरको परीक्षण जारी



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरले भारत तथा तेस्रो मुलुकबाट आएर महानगरभित्र बसोबास गरिरहेका नागरिकहरुको कोरोना परीक्षणलाई तिव्रता दिएको छ ।

महानगरभित्र बसोबास गरिरहेका विदेशबाट आएका नेपाली नागरिक वा विदेशी नागरिकहरुको र्यापिड डाइग्नोष्टि (आरडिटी) विधिबाट परीक्षण थालिएको हो । सोमबार महानगरले वडा नम्बर ६, ७, ८ र ९ मा परीक्षण गरेको छ । २ सय जनाको परीक्षण गर्ने लक्ष्यसहित सो वडाहरुमा परीक्षण थालिएको महानगरले जनाएको छ । आइतबारसम्म हानगरभित्र साढे ६ सय जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो । विदेशबाट आएका नागरिकहरु सरकारको आग्रह अनुसार होम क्वारेन्टाइनमा बसिरहेकाले शंका गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाई छ । कुनै व्यक्तिमा पोजेटिभ देखिए थप परीक्षणका लागि टेकु अस्पताल पठाइने र सम्बन्धि वडामा छुटेकाहरुले अर्को वडामा गएर परीक्षण गर्न सक्ने उहाँले बताउनुभयो ।

महानगरले प्रत्येक वडाहरुमा परीक्षण थालेपनि किटको व्यवस्थापन सहज नभएको गुनासो काठमाडौं ४ बाट निर्वाचित सांसद गगन थापाले गर्नुभयो । सोमबार परीक्षण गरिएका वडाहरुका लागि किट माग्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हारगुहार नै गर्नुपरेको उहाँको भनाई छ । आरडिटी परीक्षणमा पोजेटिभ आएको तर पिसिआरमा नेगेटिभ आएका व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको पनि परीक्षण हुनुपर्नेमा त्यस्तो नभएको उहाँले बताउनुभयो । महानगरले माइकिङ र स्वयमसेविकाहरुलाई घरघरमा पठाउँदा पनि धेरैले परीक्षणका लागि अटेरी गरेको थापाले बताउनुभयो ।

चैत महिनाभित्र विदेशबाट आएका नागरिकहरुको परीक्षण गरिएको हो । विदेशबाट आएका नागरिकहरुले परीक्षणको काम सरकारले ढिला गरी सुरु गरेको बताएका छन् । अहिले नेपालमा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा ४ जना उपचारपछि निको भएर घर फर्किएका छन्, भने २७ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।