२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविता : विजय पौडेल



अ+ अ-

हुक्केले आएर भन्यो
महाराज ती त हामीलाई थाहै नदिई
हिडिरहेका रहेछन् ।

ढोकेले आएर भन्यो
महाराज ती त हामीलाई थाहै नदिई
भोकै बसेका रहेछन् ।

वैठकेले आएर भन्यो
महाराज ती त हामीलाई थाहै नदिई
खुला आकाशमा सुतिरहेका रहेछन् ।

हजुरीले आएर भनी
महाराज ती त हामीलाई थाहै नदिई
घर पो जान खोजिरहेका रहेछन् ।

महाराजबाट हुकुम बक्स्यो
हामीलाई थाहै नदिई
राजमार्गमा हिड्ने ?
हामीलाई थाहै नदिई
भोकै बस्ने ?

हामीलाई थाहै नदिई
खुला आकाशमा सुत्ने ?
हामीलाई थाहै नदिई
घर जान खोज्ने ?

यी नाङ्गा, भोका, थकित, गलितहरु
खालि खुट्टा, पसिना चुहाउँदै हिड्नु
हामी विरुद्धको षडयन्त्र हो ।

द्वारे बाहिर निस्किएर चिच्यायो
महाराजवाट हुकुम भएको छ ।
देशमा कोही भोकले मर्ने छैन ।
कोही घरबारबिहिन हुनेछैन ।
कोहि रोगले मर्ने छैन ।

त्यसकारण सडकमा भोकभोकै हिड्नेहरु
सत्ता विप्लवी हुन् ।
अब देखि महाराजलाई
थाहा नदिई कुनै काम नगर्नु नगराउनु ।

हुकके, वैठके, ढोके र हजुरी खोपीमा भेला भए
महाराजलाई जानकारी गराउन,
पहिला हामीलाई जानकारी गराउनुपर्छ ।
सडकमा त उहाँ आफै गइबक्सिन्न क्यारे ?
अनि अट्टहास गरे
हा… हा…हा…हा….।




भर्खरै