२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविता : विजय पौडेल



अ+ अ-

हुक्केले आएर भन्यो
महाराज ती त हामीलाई थाहै नदिई
हिडिरहेका रहेछन् ।

ढोकेले आएर भन्यो
महाराज ती त हामीलाई थाहै नदिई
भोकै बसेका रहेछन् ।

वैठकेले आएर भन्यो
महाराज ती त हामीलाई थाहै नदिई
खुला आकाशमा सुतिरहेका रहेछन् ।

हजुरीले आएर भनी
महाराज ती त हामीलाई थाहै नदिई
घर पो जान खोजिरहेका रहेछन् ।

महाराजबाट हुकुम बक्स्यो
हामीलाई थाहै नदिई
राजमार्गमा हिड्ने ?
हामीलाई थाहै नदिई
भोकै बस्ने ?

हामीलाई थाहै नदिई
खुला आकाशमा सुत्ने ?
हामीलाई थाहै नदिई
घर जान खोज्ने ?

यी नाङ्गा, भोका, थकित, गलितहरु
खालि खुट्टा, पसिना चुहाउँदै हिड्नु
हामी विरुद्धको षडयन्त्र हो ।

द्वारे बाहिर निस्किएर चिच्यायो
महाराजवाट हुकुम भएको छ ।
देशमा कोही भोकले मर्ने छैन ।
कोही घरबारबिहिन हुनेछैन ।
कोहि रोगले मर्ने छैन ।

त्यसकारण सडकमा भोकभोकै हिड्नेहरु
सत्ता विप्लवी हुन् ।
अब देखि महाराजलाई
थाहा नदिई कुनै काम नगर्नु नगराउनु ।

हुकके, वैठके, ढोके र हजुरी खोपीमा भेला भए
महाराजलाई जानकारी गराउन,
पहिला हामीलाई जानकारी गराउनुपर्छ ।
सडकमा त उहाँ आफै गइबक्सिन्न क्यारे ?
अनि अट्टहास गरे
हा… हा…हा…हा….।