११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

संविधानसँगै प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मूल आवश्यकताः मुख्यमन्त्री कँडेल

संविधानसँगै प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मूल आवश्यकताः मुख्यमन्त्री कँडेल
फाइल फोटो
अ अ+ अ-

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानसँगै मुलुकमा प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मूल आवश्यकता भएको बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा शुभकामना सन्देश सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त तथा यो व्यवस्था ल्याउन आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् सहिदहरुप्रति सम्मान प्रकट गर्दै मुख्यन्त्री कँडेलले नेपाली जनताको सात दशकभन्दा लामो सङ्घर्ष र बलिदानपछि जननिर्वाचित संविधान सभाद्वारा नेपालको संविधान जारी भएको दिन ऐतिहासिक र महत्वपूण दिन हो भन्नुभयो ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, “संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज हो । यसमा लिपिबद्ध नागरिक अधिकारलाई कार्यान्वयन गर्दै नागरिकका आवश्यकताको सम्बोधन लागि तीनै तहका सरकार प्रयत्नरत भइरहेकै अवस्थामा भ्रष्टाचार नियन्त्रण, सुशासन तथा स्थिर सरकारजस्ता मागहरु लिएर सडकमा आएको जेनजी पुस्ताको प्रदर्शनपछि देशैभरि भएका आगजनी, हिंसा र लुटपाटका घटनाका कारण उत्पन्न परिस्थितिले यतिबेला हामी सबैसामु गम्भीर चुनौती आएको छ ।”

लोकतन्त्र, कानुनी राज्य र विधिको शासनमा कहिल्यै कल्पना गर्न नसकिने गरी जेनजीको प्रदर्शनमा भएका त्यस प्रकारका घटनाले लोकतन्त्र र समृद्धिका पक्षधरहरु एकपटक फेरि राष्ट्र, राष्ट्रियता र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको रक्षार्थ एक ठाँउमा उभिनुपर्ने र संविधानसँगै प्राप्त उपलब्धिहरुको जोगाउनुपर्ने अवस्था सिर्जना भएको बताउँदै मुख्यमन्त्री कँडेलले यो विषयलाई गम्भीरतापूर्वक लिन लोकतन्त्र पक्षधरहरु सबैलाई अनुरोध गर्नुभएको छ ।

संविधान जारीपछि आवधिक निर्वाचनका माध्यमबाट तीन वटै तहका सरकारले विकास र समृद्धिको लय समाइरहेको अवस्थामा पछिल्लो घटनाक्रमले मुलुकलाई फेरि दशकौँ पछाडि धकेल्न भएको प्रयत्नको प्रतिवाद र नागरिकलाई राज्यप्रतिको भरोसा टुट्न नदिने गरी भरोसा बढाएर जानुपर्ने उहाँको भनाइ छ ।

वास्तविक यथार्थतालाई स्वीकार्दै सच्चिएर जानुपर्ने र सङ्घीयता, लोकतन्त्र, समावेशी समानुपातिक व्यवस्थालगायतका महत्वपूर्ण उपलब्धिमाथि प्रहार गर्ने नियतका साथ गरिएका असंवैधानिक एवं अराजक गतिविधिबाट मुलुकलाई बचाउन सबै लोकतन्त्र एवं गणतन्त्रवादी शक्तिहरु एकताबद्ध हुन उहाँले हार्दिक अनुरोध गर्नुभएको छ । रासस