१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य संरक्षण अनिवार्य-कार्यवाहक सभापति अर्याल



अ+ अ-

काठमाडौं। संविधान दिवस २०८२ का अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा संविधानको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

उनले विभिन्न आन्दोलनमा बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै, मुलुकभित्र र बाहिर रहेका नेपालीहरूमा संवैधानिक सर्वोच्चता, दलीय प्रतिस्पर्धा र विधिको शासनप्रति विश्वास बढोस् भन्ने कामना गरेका छन्।

अर्यालले संविधानमा निहित सामाजिक न्याय र समानताको सिद्धान्तलाई व्यवहारमा उतार्ने दृढ संकल्प दोहोर्‍याउँदै, संवैधानिक सुधारबिनाको आमूल परिवर्तन सम्भव छैन भन्ने अडान दोहोर्‍याए। जेन–जी आन्दोलनमा उठेका आवाजहरूले पनि यही आवश्यकता पुष्टि गरेको उनले उल्लेख गरे।

उनका अनुसार, आगामी फागुन २१ गते हुने निर्वाचन मुलुकलाई सही बाटोमा फर्काउने अवसर हो। उनले निर्वाचनलाई सफल बनाउन सबै सम्बद्ध पक्षलाई सामूहिक जिम्मेवारीपूर्वक सक्रिय हुन आह्वान गरेका छन्।