२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य संरक्षण अनिवार्य-कार्यवाहक सभापति अर्याल



अ+ अ-

काठमाडौं। संविधान दिवस २०८२ का अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा संविधानको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

उनले विभिन्न आन्दोलनमा बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै, मुलुकभित्र र बाहिर रहेका नेपालीहरूमा संवैधानिक सर्वोच्चता, दलीय प्रतिस्पर्धा र विधिको शासनप्रति विश्वास बढोस् भन्ने कामना गरेका छन्।

अर्यालले संविधानमा निहित सामाजिक न्याय र समानताको सिद्धान्तलाई व्यवहारमा उतार्ने दृढ संकल्प दोहोर्‍याउँदै, संवैधानिक सुधारबिनाको आमूल परिवर्तन सम्भव छैन भन्ने अडान दोहोर्‍याए। जेन–जी आन्दोलनमा उठेका आवाजहरूले पनि यही आवश्यकता पुष्टि गरेको उनले उल्लेख गरे।

उनका अनुसार, आगामी फागुन २१ गते हुने निर्वाचन मुलुकलाई सही बाटोमा फर्काउने अवसर हो। उनले निर्वाचनलाई सफल बनाउन सबै सम्बद्ध पक्षलाई सामूहिक जिम्मेवारीपूर्वक सक्रिय हुन आह्वान गरेका छन्।