२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा सचिवालयकाे स्पष्टीकरण : पानीको ट्यांकीलाई पैसाको भनेर अफवाह फैलाइयो



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले भदौ २४ गते जेनजी युवाहरुको प्रदर्शनका नाममा देउवा निवासमा आक्रमण हुँदा अत्यधिक पैसा भेटिएको कुरा सत्य नभएको प्रष्टीकरण दिएको छ ।

देउवा निवासमा भएको आक्रमणपछि सामाजिक सञ्जालमा पैसाको सुरुङ भेटिएको भन्दै भिडियोहरू सार्वजनिक भएका थिए । त्यसपछि देउवाको सचिवालयले त्यसको खण्डन गरेको हो ।

सचिवालयले पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले भ्रम फैल्याइएको भन्दै आपत्ति जनाएको छ । ‘देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको जस्ता कपोकल्पित समाचार सम्प्रेषण भईरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ देउवाका स्वकीय सचिव भानु देउवाले जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमा देखाईएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनासयले बदनाम गर्ने उद्देश्यले फैलाइएका भ्रामक समाचार हुन् ।’

सामाजिक सञ्जालमा घरभित्र रहेको अन्डर ग्राउन्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरिएको उल्लेख गर्दै उक्त ट्याङ्की पानी राख्नका लागि भएको दाबी गरिएको छ ।

सभापति देउवा र कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको आक्रमणको विज्ञप्तिमा भत्र्सना गरिएको छ ।

भदौ २४ गते बूढानीलकण्ठस्थित कांग्रेस सभापति देउवाको निवासमा जेनजी आन्दोलनका नाममा युवाहरूको समूहले तोडफोड गर्दै देउवा दम्पतिमाथि कुटपिट गरेका थिए ।




भर्खरै