११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

यस्ता छन् रास्वपा सचिवालय बैठकका ७ निर्णय

यस्ता छन् रास्वपा सचिवालय बैठकका ७ निर्णय
अ अ+ अ-

काठमाडौँ। भदौ २३ गते जेन जि पुस्ताले अघि सारेको शान्तिपूर्ण आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नैतिक समर्थन जनाएको छ।

आन्दोलनको क्रममा देखिएको तोडफोड, लुटपाट र क्षतिलाई भने पार्टीले आफ्नै राजनीतिक अभ्याससँग असंगत रहेको स्पष्ट पारेको छ। समाजलाई अझै विभाजनमा धकेल्न नदिने उद्देश्यसहित रास्वपाले “सद्भाव तथा सहकार्य अभियान” सुरु गर्ने घोषणा गरेको हो।

पार्टीले असहमति समाधानको माध्यम संवाद र सहिष्णुतामार्फत खोजिनुपर्ने आफ्नो अडान पुनः प्रष्ट पारेको छ। त्यस्तै, पार्टीले स्थापनाकालदेखि उठाउँदै आएको प्रवासी नेपालीलाई मतदान गर्ने अधिकारका मागमा सरकारको चासोलाई स्वागत गरेको छ। रास्वपाले यस सम्बन्धमा आफूसँगै रहेको ब्लुप्रिन्टका आधारमा अन्तरिम सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

साथै, प्रवासमा रहेका नेपालीको मतदाता नामावली पूर्ण रूपमा अनलाइनमार्फत दर्ता गर्नुपर्ने, दूतावास, कन्सुलेट र अन्तर्राष्ट्रिय विमानस्थलका आगमन–प्रस्थान स्थलमा बायोमेट्रिक सेवा उपलब्ध गराउनुपर्ने प्रस्तावसमेत गरेको छ।

जेन जि पुस्ताका धेरैजसो युवाहरू मतदाता नामावलीमा सूचीकृत नभएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा दर्ता अभियान सञ्चालन गर्ने पनि निर्णय भएको छ।

यसैबीच, रास्वपाको केन्द्रीय समितिको बैठक आगामी आश्विन ७ गते बस्नेछ। बैठकमा पार्टीको कार्यदिशाबारे विस्तृत छलफल गर्दै विस्तारित बैठक बोलाउने प्रस्ताव प्रस्तुत गरिनेछ।

यस्तै, पार्टीले फागुन ७ देखि ९ गतेसम्म आयोजना गर्ने तय भएको पहिलो ऐतिहासिक महाधिवेशनबारे पुनः छलफल हुने भएको छ। कारण, सरकारले फागुन २१ गते आम निर्वाचनको मिति घोषणा गरेपछि आवश्यक निर्णय आगामी विस्तारित बैठकमार्फत लिने तयारी भएको हो।

 यस्ता छन् बैठकका निर्णयहरु :

१. “सद्भाव तथा सहकार्य अभियान” प्रारम्भ गर्ने ।
२. “विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकार” ।
३. मतदाता नामावली दर्ता प्रक्रिया पूर्णरूपमा अनलाइनबाट गर्ने व्यवस्था ।
४. विदेशस्थित दूतावास/कन्सुलेट तथा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा उपलब्ध गराउ ।
५. जेन जि पुस्तालाई ध्यानमा राखी मतदाता नामावली दर्ताको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अभियान सञ्चालन गर ।
६. केन्द्रीय समितिको बैठक २०८२ आश्विन ७ गते ।
७. पार्टीको आगामी कार्यदिशा सम्बन्धी बृहत छलफलका लागि केन्द्रीय विस्तारित बैठक बोलाउने र महाधिवेशन सम्बन्धी समेत छलफल गर्ने ।