१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वर्तमान सरकारको मुख्य कार्यभार तोकिएको मितिमा निष्पक्ष निर्वाचन’



अ+ अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नागरिक समाजका अगुवाहरुले वर्तमान सरकारको मुख्य कार्यभार तोकिएको मितिमा स्वतन्त्र र निष्पक्ष निर्वाचन रहेको बताउनुभएको छ ।

आज राष्ट्रपतिलाई लिखित निवेदन दिँदै उहाँहरुले समयमै निर्वाचन सम्पन्न गराउनु र संवैधानिक व्यवस्थालाई यथावत रुपमा क्रियाशील गराउनु सरकारको दायित्व रहेको उल्लेख गर्नुभएको छ ।

निवेदकहरुमा महेशकुमार मास्के, मल्ल के सुन्दर, परशुराम तामाङ, रत्नसंसार श्रेष्ठ, कुन्दन अर्याल, जगत देउजा, टिकाराम भट्टई, कनकमणी दीक्षित, चण्डेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन, गीता त्रिपाठी, बिन्दु शर्मा, शरद बन्त सुशीला प्याकुरेललगायत हुनुहुन्थ्यो ।

त्यस्तै, उहाँहरुले सुशासनसँगै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेको जनेनी पुस्ताको आन्दोलन र मागप्रति आफूहरुको समर्थन रहेको उल्लेख गर्नुभयो । रासस