२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजपाले बोलायो केन्द्रीय कमिटी बैठक



अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी बैठक बस्दैछ । नयाँ तथा विकशित परिस्थितिबारेमा धारणा बनाउन शनिबार (४ असोज) काठमाडौंमा केन्द्रीय कमिटी बैठक आजपाले बोलाएको हो ।

आजपा केन्द्रीय कार्यालयका सदस्य त्रिभुवन साहले पछिल्लो राजनीतिक अवस्थाको बारेमा धारणा बनाउन केन्द्रीय कमिटीको बैठक बस्न लागेको जनाएका छन् । नेपाली जनताले सबै कुरा अस्वीकार गरिसकेको अवस्थामा पुरानै व्यवस्थालाई स्वीकार गर्न नसकिने उनले बताए ।

संघीय सरकारमात्र नभई ७६१ वटै सरकार र सबै निकाय भ्रष्टाचारमा लिप्त भएकाले संघीय सरकार परिवर्तन गरेर नेपाली जनताको अवस्था परिवर्तन नहुने आजपाले जनाएको छ ।

नयाँ संविधान र नयाँ सरकारको माग गर्दै आएको आजपाको अब बस्न लागेको केन्द्रीय कमिटी बैठकले के निर्णय गर्ने र कस्तो बाटो तय गर्ने भन्ने चासोका साथ हेरिदैछ ।