काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारका क्रममा देब्रे हातको कुहिनो भन्दा मुनीको भाग काट्नु परेको छ ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा डल्लुस्थित घरमा आगजनी हुँदा रविलक्ष्मी जलेकी थिइन् । गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल लगिएको थियो । उनको बुधबार शल्यक्रिया गर्दा देब्रे हात काटिएको हो ।
उनमा धुवाँको मुस्लो शरीरभित्र छिर्दा श्वासप्रश्वासमा समस्या रहेको थियो । तर, कफबाट क्रमशः निस्कन थालेपछि अहिले श्वासप्रश्वास नियमित भएको र खाना खाने तथा राम्रोसँग बोल्ने गर्छिन् ।
उनको दाहिने हात चल्ने अवस्थामा छ । फोक्सोको संक्रमण घटेका कारण चिकित्सकले खतरामुक्त रहेको जनाएको छ ।










