२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले बुझाए पार्टी कार्यालयमा फरक मतसहितको अवधारणापत्र एनपिएलमा यस्तो छ खेलाडीहरुको प्रदर्शन सिंहदरबारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबिच छलफल शुरु– तस्बिरहरु सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी एमाले महाधिवेशनको तयारी तीव्र ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता



अ+ अ-

काठमाडौँ । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उहाँहरुबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो