२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘कल्की’को सिक्वेलबाट दीपिका आउट



अ+ अ-

एजेन्सी । फिल्म ‘कल्कि २८९८ एडी’ का निर्माता टोलीले आधिकारिक रूपमा घोषणा गरेको छ कि अभिनेत्री दीपिका पादुकोण अब यसको सिक्वेलको हिस्सा रहने छैनन् ।

‘एक्स’ मा पोस्ट गर्दै टोलीले भनेको छ, “गहिरो सोचविचारपछि हामी अलग हुने निर्णयमा पुगेका छौँ । पहिलो फिल्मको लामो यात्राका बावजुद पनि हामी सही साझेदारी बनाउन सकेनौँ । ‘कल्कि २८९८ एडी’ जस्तो फिल्मलाई पूर्ण समर्पण र त्यस भन्दा बढीको आवश्यकता पर्छ । हामी उनलाई उनका आगामी कामहरूको लागि शुभकामना दिन्छौँ ।”

यस फिल्ममा प्रभास र अमिताभ बच्चन देखिँदै छन् । फिल्मको निर्देशन नाग अश्विनले गर्दैछन् ।

फिल्म ‘कल्कि २८९८ एडी’ २०२४ जुन २७ मा रिलिज भएको थियो । पहिलो फिल्मको कथा महाभारतको कुरुक्षेत्र युद्धको अन्त्यबाट सुरु भएर सन् २८९८ एडीको भविष्यसम्म पुग्छ । ‘कल्कि २८९८ एडी’ बक्स अफिसमा सुपरहिट भएको थियो र विश्वभर १००० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो ।

फिल्म ‘स्पिरिट’ बाट बाहिरिएकी थिइन् दीपिका पादुकोण
यसअघि दीपिका पादुकोण संदीप रेड्डी वाङ्गाको फिल्म ‘स्पिरिट’ बाट बाहिरिएकी थिइन् । कथित रूपमा दीपिकाको तर्फबाट आठ घण्टाको सिफ्ट, ठूलो पारिश्रमिक, नाफामा हिस्सा र तेलुगु भाषामा डायलग नबोल्ने जस्ता मागहरू समावेश थिए ।

दीपिका २०२४ सेप्टेम्बरमा आमा बनेकी हुन्, त्यसैले उनले कथित रूपमा हप्तामा पाँच दिन मात्र आठ घण्टाको सिफ्ट चाहेकी थिइन् । अभिनेत्रीका यी सबै मागहरूसँग संदीप सन्तुष्ट थिएनन्, जसपछि उनलाई फिल्मबाट हटाइयो ।