२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग समयमै निर्वाचन सम्पन्न गराउन तयार रहेको बताउनुभएको छ ।

बिहीवार नवनियुक्त गृह एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले आयोग निर्वाचन समयमै सम्पन्न गर्न तयार रहेको बताउनुभएको हो ।

उहाँले आयोगलाई काम गर्नबाट पन्छिने छुट नरहेको उल्लेख गर्दै निष्ठा माथि प्रश्न गर्ने ठाउँ नदिने प्रतिवद्धता पनि जनाउनुभयो । शान्ति सुरक्षा विना निर्वाचन सम्पन्न गर्न नसकिने स्थिति तर्फ सरकारको ध्यानाकर्षण गराउँर्दै  मुलुकमा शान्ति सुरक्षाको स्थिति खल्बिलिएको अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न जरुरीरहेको बताउनु भयो । कानून बमोजिम दर्ता भएका सबै राजनीतिक दलहरुको सहभागिता हुने र राजनीतिक दल तथा निर्वाचनमा प्रतिष्पर्धा गर्न चाहने स्वतन्त्र उम्मेदवारहरुलाई समेत बिना अवरोध निर्वाध रुपमा प्रचार प्रसार गर्न र आफ्ना धारणा राख्न पाउने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काम गर्नबाट पन्छिने छुट हामी कसैलाई छैन । निर्वाचन आयोग निर्वाचन समयमै सम्पन्न गर्न तयार छ । त्यो प्रयोजनका लागि पूर्वतयारी हामीले शुरु गरिसकेका छौँ । त्यसमा हामी सबै कर्मचारी साथीहरु खटिसक्नुभएको छ । सबै जिल्ला निर्वाचन कार्यालय, प्रदेश निर्वाचन कार्यालयमा तयारी भइसकेको छ । पूर्ण प्रतिष्पर्धात्मक रुपमा निर्वाचनको सामान खरिद गर्न सक्यौँ भने स्वच्छ, निष्पक्ष, भयरहित निर्वाचन गर्ने र अतिमितव्ययी निर्वाचन गर्ने र निर्वाचन आयोगको निष्ठामा कसैले शंका गर्न दिनेछैनौँ । मुलुकमा शान्ति सुरक्षाको स्थिति खल्बिलिएको छ । यो सबै जानेकै विषय हो । सुरक्षाकर्मी बस्ने कतिपय भवन छैन । सुरक्षाकर्मी परिचालन गर्ने प्रमुख जिल्ला अधिकारीको कार्यालयमा कति ठाउँ क्षतविक्षत छ ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले छिट्टै अध्यादेश ल्याईदिएमा कानूनमा रहेका बाधाहरु हटेर मतदाता संकलन लगायत कार्यसम्पादनमा सहज हुने बताउनुभयो ।